ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाललाई सी, मोदी र पुटिनको शोक सन्देश–भूकम्पको खबरले स्तब्ध छौँ, सहयोग गर्न तत्पर छौँ


abc

काठमाडौं, १९ कातिक । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले ठूलो मात्रामा जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै नेपाललाई छिमेकी मुलुकसहित विभिन्न देशले शोक सन्देश पठाउने क्रम जारी छ। शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा गरी अहिलेसम्म १५७ जनाको मृत्यु भएको पुष्टि भएको छ भने सैयौँ संख्यामा घाइते भएका छन्। करोडौँ बराबरको भौतिक संरचना क्षति भएका छन्।

सोप्रति दुःख व्यक्त गर्दै चीन राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई शोक सन्देश पठाएका छन्। सीले आफ्नो सन्देशमा भनेका छन्, ‘नेपालको कर्णाली प्रदेशमा गएको भूकम्पका कारण ठूलो मात्रामा भएको मानवीय तथा भौतिक क्षति भएको सुनेर स्तब्ध भएको छु।’राष्ट्रपति सीले अगाडि भनेका छन्, ‘भूकम्पबाट पीडित नागरिकका समस्या हल गर्न तथा क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्न नेपाल चाँडै सफल हुनेछ। र, नेपाललाई आवश्यक सहयोग गर्न चीन तयार छ।’ शोक सन्देमा चिनियाँ राष्ट्रपति सीले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्। यस्तै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि नेपालाई सहानुभूति सन्देश पठाएका छन्।

राष्ट्रपति पुटिनले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सन्देश पठाउँदै यस दुःखद घडीमा गहिरो समवेदना व्यक्त गरेका छन्। उनले पीडित परिवार र प्रभावित क्षेत्रका बासिन्दाका लागि सहानुभूति प्रकट गर्दै उनीहरूको यो पीडाको घडीमा आफूहरूको साथ रहने वाचा पनि गरेका छन्।

उनले यस प्राकृतिक विपद्‍बाट प्रभावित सबैजना घाइतेहरूको पनि शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्। यसैगरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री मोदीले सामाजिक सञ्चालमार्फत भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन्। साथै प्रधानमन्त्री मोदीले भारत नेपाली जनतासँग ऐक्यबद्ध रहेको उल्लेख गर्दै सम्भव भएसम्मका सहयोग गर्न तयार रहेको पनि जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१ हजार तीन सय रुपैयाँले घट्यो सुनको भाउ

नेप्सेमा १११ अंकको वृद्धिसँगै आजलाई कारोबार बन्द

सम्बन्धित

नेप्सेमा १११ अंकको वृद्धिसँगै आजलाई कारोबार बन्द

काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो, ६.२ डिग्रीमा झर्यो तापक्रम

मानव अधिकार संस्कृतिको विकास गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

मानवअधिकारको सम्मान भएमात्र संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुन्छ – राष्ट्रपति पौडेल

गाजामाथिको मानवताविरुद्धको अपराध रोक

एनसेल प्रकरणमा प्रधानमन्त्रीको छोरीलाई जोडेर अनर्गल प्रचार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com