ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनले कर्णाली भूकम्पपीडितका लागि १० करोड बराबरको राहत पठाउने


ABC NEWS

काठमाडौँ १८ कात्तिक । चीनले भूकम्पपीडितका लागि १० करोड बराबरको राहत पठाउने भएको छ ।

जाजरकोट–रुकुममा गएराति आएको शक्तिशाली भूकम्पपीडितहरूका लागि छिमेकी चीन सरकारले १० करोड रुपैयाँ बराबरको राहत सामग्री पठाउने भएको छ।

चीनले जाजरकोट र रुकुम पश्चिमसहितका जिल्लाका भूकम्पपीडितलाई रातका लागि १० करोड नेपाली रुपैयाँ बराबरको सामग्री सहयोग गर्न लागेको चिनियाँ राजदूत छेन सङले बताएका छन्।

उनका अनुसार उक्त सहयोग साउथ एसियन कन्ट्रीज इमरर्जेन्सी सप्लाइज रिजर्भबाट दिन लागिएको हो।

चीनले दिन लागेको राहत सामग्रीमा टेन्ट, ब्ल्याङ्केटसहित छन्। भूकम्पपीडितलाई दिन लागिएको राहत सामग्री केही दिनमा नेपाल आइपुग्ने उनले बताए। राजदूत सङले आपतमा परेका नेपालीका लागि थप राहत घोषणा हुने बताए।

अहिलेसम्म जाजरकोटमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १ सय ५७ पुगेको छ । यसमध्ये ९९ जना महिला र ५८ जना पुरुष रहेका छन् ।
सबैभन्दा धेरै भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोटमा १ सय ५ जनाको मृत्यु भएको छ । जसमा ७२ जना महिला र ३३ जना पुरुष रहेका छन् । त्यस्तै, रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । जसमध्ये २७ जना महिला र २५ जना पुरुष रहेका छन् । यसै गरी हालसम्म जाजरकोटमा ८१, रुकुम पश्चिममा ७९ तथा दैलेख र जुम्लामा ३–३ जना गरी १६६ जना घाइते भएका छन् । घाइते मध्ये ५ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रातदिन गठबन्धन तोड्ने र सरकार ढाल्ने कसरत भइरहेको छ : प्रचण्ड

अर्थमन्त्री महत- लगानी सम्मेलन आयोजना हुनुअगावै ‘कन्ट्री रेटिङ’को काम गर्छौँ

सम्बन्धित

रातदिन गठबन्धन तोड्ने र सरकार ढाल्ने कसरत भइरहेको छ : प्रचण्ड

ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्यूरिटिज सञ्चालनमा

अर्थमन्त्री महत- लगानी सम्मेलन आयोजना हुनुअगावै ‘कन्ट्री रेटिङ’को काम गर्छौँ

सरकारमाथि प्रहार गर्ने षड्यन्त्र भइरहेको छ – प्रधानमन्त्री

देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक, महासमिति बैठकबारे छलफल हुने

केपी शर्मा ओलीले- आन्तरिक र बाह्य शक्ति मिलेर एमालेलाई फुटाए, सरकारबाट हटाए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com