ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यसैवर्ष १९ सचिव र ६४ सहसचिवसहित २२ सय ६० जना कर्मचारीले अवकाश पाउने


एबीसी न्यूज

काठमाडौं, कात्तिक १७ ।  चालु आर्थिक वर्ष २०८०÷८१ मा सरकारी निकायमा कार्यरत २ हजार २६० जना सरकारी निजामती कर्मचारीले अनिवार्य अवकाश पाउने भएका छन् । तिनीहरु उमेर हद र सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएका र जान लागेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको राष्ट्रिय किताबखानाले जनाएको छ ।

यसमा निजामती सेवाभन्दा अन्य सरकारी सेवाबाट अवकाश पाउने कर्मचारीको संख्या जोडिएको छैन ।

यस वर्ष अवकाश पाउनेमध्ये केही विदा भइसकेका छन् भने ठूलो संख्यामा विदा हुन बाँकी छन् । “अवकाश पाउने मितिभन्दा ६ महिना अगावै हामी सम्बन्धित कर्मचारीलाई जानकारी दिन्छौं,” राष्ट्रिय किताबखानाका निर्देशक प्रकाशजंग कार्कीलेकार्कीले भने ।

चालु आर्थिक वर्ष विशिष्ट श्रेणी सचिवस्तर०का १९ जना कर्मचारीले अवकाश पाउने छन् । तीमध्ये असोजसम्म ६ जना उमेर हद र सेवा अवधिका विदा भइसकेका छन् । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर पनि अवकाशमा जाँदैछन् ।

चालु आर्थिक वर्षभित्र अवकाश पाउने विशिष्ट श्रेणीका कर्मचारीमा परराष्ट्र सचिव भरतराज पौड्याल, महालेखापरीक्षकको कार्यालयका उप–महालेखा परीक्षक महेश्वर काफ्ले, महान्यायाधिवत्ताको कार्यालयका नायब महान्यायाधिवक्ता विश्वराज कोइराला, जल तथा उर्जा आयोगका सचिव सुशीलचन्द्र तिवारी छन् ।

त्यसरी नै उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव रेवतीरमण पौडेल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाई, निर्वाचन आयोगका सचिव सूर्यप्रसाद गौतम, सर्वोच्च अदालतका रजिष्ट्रार नारायणप्रसाद पन्थी छन् ।

किताबखानाका अनुसार, चालु आर्थिक वर्षमा राजपत्रांकित प्रथम श्रेणी सहसचिवका ६४ जना कर्मचारीले अवकाश पाउनेछन् । राजपत्रांकित द्वितीय श्रेणी उपसचिव तहका १८१ जना पनि यसवर्ष अवकाश पाउने सूचीमा छन् ।

राजपत्रांकित तृतीय श्रेणी इन्जिनियररकम्प्युटर अधिकृतर कर अधिकृत तहका २३५ जना कर्मचारीले २०८१ असार मसान्त भित्र अवकाश पाउने छन् ।

किताबखानाका अनुसार, चालु आर्थिक वर्ष अधिकृत एघारौं तहका ४, अधिकृत दशौं तहका ७, दशौं तहका ३२, नवौं तहका १९, अधिकृत आठौं तहका ४, आठौं तहका ९२, अधिकृत सातौं तहका २१, अधिकृत छैटौं तहका ६८, छैटौं तहका १७८, पाँचौं तहका १५३ र चौंथो तहका ८ जना कर्मचारीलाई अवकाश पाउँदै छन् ।

यस्तै, राजपत्र अनंकित प्रथम श्रेणी नायब सुब्बा तहका २१२, राजपत्र अनंकित द्वितीय श्रेणी खरिदारका ८५, राजपत्र अनंकित तृतीय श्रेणीका १४, राजपत्र अनंकित चतुर्थ श्रेणीका ६, राजपत्र अनंकित पाँचौ श्रेणी कार्यालय सहयोगीका ५२, श्रेणीबिहीनकार्यालय सहयोगी, परिचर, पियन, कल्कारा, हलुका सवारी चालक, हुलाकी ७३७, सहायक चौंथो २ र सहायक पाँचौं तह अनमी, अहेव० का ३६ जना कर्मचारीले पनि यसवर्ष अवकाश पाउने छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com