काठमाडौं, १४ कातिक । संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले आफू दोस्रोपटक नेपाल आएको भन्दै यो देशको संस्कृति, सभ्यता र आतिथ्यले आफूलाई सधैं मोहित पारेको बताएका छन् ।
संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै महासचिव गुटेरेसले आफू यसअघि सन् १९७८ मा पहिलो पटक नेपालमा आएको क्षणको स्मरणसमेत गरे ।उनले नेपाल आफ्नो लागि सधैं उत्कृष्ट गन्तव्य रहेको बताउँदै लुम्बिनीबाट यसले शान्तिको सन्देश दिएको बताए । तर, शान्तिको देशले आफू सहभागी नभएको युद्धमा निर्दोष नागरिक गुमाएको भन्दै उनले पछिल्लो इजरायल घटनाको निन्दासमेत गरे ।
प्रतिक्रिया दिनुहोस्