ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाले नेपाललाई साना तथा मझौला उद्यमका लागि साढे १६ अर्ब ऋण दिनेबारे छलफल


एबीसी न्यूज

काठमाडौं, १४ कात्तिक । अमेरिकाले नेपालका साना तथा मझौता उद्यम विकासका लागि साढे १६ अर्ब नेपाली रुपैयाँ भन्दा बढी ऋण दिने विषयमा छलफल भएको छ ।

एक साता लामो अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच उक्त विषयमा छलफल भएको अमेरिकी विदेशमन्त्रालयले जनाएको छ ।

द्विपक्षीय भेटवार्तापछि अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले जारी गरेको विज्ञप्तिमा नेपाल–अमेरिका साझेदारीको सुदृढीकरणमा जोड दिएको उल्लेख छ ।

‘भर्खरै सुरु गरिएको ५०० मिलियन अमेरिकी डलर अनुदान सहयोगको मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० परियोजना कार्यान्वयनले पूर्वाधार निर्माण गर्ने, बिजुलीमा पहुँच बढाउने र सीमापार विद्युत व्यापारका विषयमा छलफल भयो’, विज्ञप्तिमा उल्लेख छ, ‘उनीहरूले नेपालमा विस्तारित विकास वित्त निगमको लगानी, साना तथा मझौला उद्यमहरूलाई ऋण उपलब्ध गराउन नेपाली बैंकलाई १२५ मिलियन अमेरिकी डलर नयाँ ऋण दिनेलगायतका विषयमा छलफल गरेका छन् ।’

भेटका क्रममा नेपालमा अमेरिकी विदेशमन्त्री ब्लिन्केनले ‘अमेरिकी पिस कोर स्वयंसेवीहरू’ ले ६० वर्षभन्दा बढी समयदेखि गरिरहेको साझेदारीको पनि प्रशंसा गरेका छन् । ब्लिन्केनले नेपालले लोकतान्त्रिक शासनको सुदृढीकरणमा गरेको प्रगतिको प्रशंसा गर्दै अमेरिकाले नेपाललाई बलियो र समृद्ध लोकतन्त्रको रुपमा हेर्न चाहेको बताए ।

भेटमा दुवै पक्षले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धको वर्तमान अवस्थाप्रति सन्तुष्टि व्यक्त गर्दै पारस्परिक हितका क्षेत्रमा सहकार्यलाई विस्तार तथा नवीकरण गर्ने प्रतिवद्धता जनाएका छन् ।

डीसीस्थित नेपाली राजदूतावासका अनुसार परराष्ट्रमन्त्री साउदले अतिकम विकसित मुलुकबाट स्तरोन्नति भएपछि नेपालका विकास प्राथमिकताबारे उल्लेख गरेका थिए । उनले व्यापार तथा लगानी, बजार पहुँच, खाद्य सुरक्षा र सूचना प्रविधिलगायतका क्षेत्रमा अमेरिकाबाट थप सहयोग गर्न आह्वान गरेका छन् ।

दूतावासद्वारा जारी विज्ञप्तिमा परराष्ट्रमन्त्री साउदले नेपालका लागि नयाँ निर्यात योग्य वस्तुहरू थपेर नेपाल व्यापार प्राथमिकता कार्यक्रम ९एनटीपीपी० र जेनरलाइज सिस्टम फर प्रिफरेन्स ९जीएसपी० सुविधाको पुनः प्रमाणीकरण र विस्तार गर्न अमेरिकालाई अनुरोध गरेका छन् ।

यस्तै मन्त्री साउदले अमेरिकी सहयोग युएसएआईडी र मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी लगायत नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गरेकामा अमेरिकी सरकारलाई धन्यवाद दिए । दूतावासको विज्ञप्तिमा दुवै पक्षले एमसीसी अन्तर्गतका आयोजनाहरुको समयमै कार्यान्वयनको महत्त्वमा जोड दिएको उल्लेख छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com