काठमाडौ १४ कात्तिक । सुनको भाउ आज पनि तोलामा पाँच सय रुपैयाँले घटेको छ ।हिजो तोलामा पाँच सय रुपैयाँ घटेर १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज पुनः पाँच सय रुपैयाँ घटेर तोलाको १ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि आइतवार सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो ।आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँ बढेर १ हजार ४ सय २० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्