ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कूल निर्यातभन्दा दुई महिनामासाढे आठ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात


एबीसी न्यूज

काठमाडौं, १२ कात्तिक । चालु आर्थिक वर्ष २०८०र०८१ को दुई महिनामा नेपालले कूल निर्यातभन्दा साढे आठ अर्ब रुपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात गरेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आबको साउन–भदौमा नेपालले कुल २६ अर्ब, ४४ करोड ७० लाख ३३ हजार निर्यात गरेको छ । उक्त समय अवधिमा ३४ अर्ब ९३ करोड ९९ लाख ८३ हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेको छ ।

दुई महिनामा आयात निम्ति दुई खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख ९८ हजार रुपैयाँ बाहिरिएको छ । नेपालले पेट्रोलियम पदार्थको आयात नेपाल आयल निगमले गर्छ । निगमले इन्डियन आयल कर्पोरेशनबाट सीधै उपभोग गर्न सकिने पेट्रोलियम पदार्थको खरिद गर्ने गर्छ ।

भन्सार विभागको तथ्यांकअनुसार नेपालले दुई महिनामा ११ अर्ब ३० करोड ५७ लाख ७३ हजार रुपैयाँको एक लाख १२ हजार १८२ किलोलिटर पेट्रोल आयात गरेको छ । उक्त अवधिमा ५५ करोड ९४ लाख १६ हजार रुपैयाँको ८१ लाख ८५ हजार ६६९ लिटर हवाईफ्युल आयात गरेको छ ।

साउन र भदौमा १५ अर्ब ७४ करोड ८४ लाख ८३ हजार रुपैयाँको एक लाख ५१ लाख ३७२ किलोलिटर डिजेल आयात गरेको जानकारी विभागले दिएको छ । उक्त दुइ महिनामा सात अर्ब ३२ करोड ६३ लाख १३ हजार रुपैयाँको आठ करोड ८२ लाख ७१ हजार ४८६ केजी खाना पकाउने एलपीजी ग्यास आयात गरेको छ ।

१४ अर्ब राजश्व संकलन

नेपालले दुई महिनामा पेट्रोल, डिजेल, हवाई फ्युल र एलपीजी ग्यासबाट १४ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ । विभागको तथ्यांकअनुसार साउन र भदौमा १४ अर्ब एक करोड ९८ लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

कूल निर्यात पनि घट्यो

गत वर्ष २०७९–०८० को तुलनामा कूल निर्यातमा पनि दुई अर्ब २३ करोड ३४ लाख चार रुपैयाँ कमी आएको छ । गत वर्षको साउन र भदौमा कुल २८ अर्ब ६८ करोड चार लाख ३७ हजार रुपैयाँ बराबरका सामान निर्यात भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com