काठमाडौ १२ कात्तिक । मोटरसाइकल दुर्घटनामा परि एक प्रहरी जवानको मृत्यु भएको छ ।बारामा हिजो बिहान ज १२ प ७१५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा कञ्चनपुर भीमदत्त नगरपालिका–११ घर भइ इलाका प्रहरी कार्यालय निजगढ बारामा कार्यरत प्रहरी जवान आकाश सुनारको ज्यान गएको हो ।
निजगढ नगरपालिका(८ बाट जितपुरसिमरा उपमहानगरपालिका–१६ काँठगाटतर्फ मोटरसाइकल चोरी गरी लैजाँदै गरेको गोप्य सूचनाका आधारमा खोजतलास गर्दै जाने क्रममा सुनारको मोटरसाइकल दुर्घटना भएको हो । टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा एलएस न्यूरो अस्पतालमा ज्यान गएको हो ।








प्रतिक्रिया दिनुहोस्