ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चाडबाडका बेला पनि उत्पादन बढेन, चिनी अभावले कोरिडोरका जुस, चकलेट र बिस्कुट उद्योग समस्यामा


एबीसी न्यूज

काठमाडौं, १० कात्तिक । सुनसरी मोरङ औद्योगिक कोरिडोरमा रहेका चकलेट, बिस्कुट र जुस उद्योगहरू चिनी अभावका कारण समस्यामा परेका छन् ।
सरकारले चिनी उपलब्ध नगराउँदा कोरिडोरमा रहेका चकलेट र बिस्कुट उद्योगहरूले कुल आफ्नो उत्पादन ५० प्रतिसशतमा खुम्चाएका छन् ।

सुनसरी मोरङ औद्योगिक कोरिडोरमा २० भन्दा बढी बिस्कुट र चकलेट उद्योगहरू छन् । क्षमता अनुसार उद्योग सञ्चालन गर्न नपाएपछि उद्योगहरूले मजदुरलाई समेत आलो पालोमा काम लगाउन थालेका छन् । चाडबाडको बेला काम नपाएपछि मजदुर समेत समस्यामा परेका छन् ।

उद्योगी आफैले पनि चिनी ल्याउन नसक्ने र सरकारले पनि माग अनुसारको चिनी दिन नसकेका कारण जुस चकलेट र बिस्कुट उद्योगहरू मारमा परेको उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले बताए ।

चाडबाडका बेला बढी विक्री हुने बिस्कुट, डेरी प्रडक्ट, मिस्री, मिठाइ र चकलेट उद्योगको उत्पादन ५० प्रतिशतमा खुम्चिएपछि वर्षभरि नै उद्योगीहरूलाई समस्या हुने सुराना बताउँछन् ।

‘माग भएको बेला चिनी अभावका कारण उत्पादन हुन सकेन, माग नभएका बेला चिनी दिएर के गर्नु रु’ उनले गुनासो गरे ।
तिहारमा चकलेट , मिश्री लगायतका सामाग्रीको नेपाली बजारमा उच्च माग हुनेभए पनि उत्पादनमा कटौती गर्नु परेको उद्योगी महेश जाजुले बताए ।

अरू बेला बजारमा माग नहुँदा क्षमताको ४० प्रतिशतभन्दा कम उत्पादन गरिरहेका उद्योगले चाडबाडका बेला उत्पादन बढाएर वर्षभरिको खर्च धान्ने गर्छन् उनले भने,‘ यस पटक चिनी अभावमा ५० प्रतिशतभन्दा बढी उत्पादन पुग्न सकेको छैन ।’

जुस, बिस्कुट र कन्फेक्सनरी उत्पादक महेश जाजूले सरकारको खेलाँचीले समयमा चिनी आपूर्ति हुन नसक्दा चाडबाडमा उत्पादन बढाउनका साटो घटाउनु परेको बताए । जाजूका अनुसार अहिले चिनी खपत हुने जुस, बिस्कुट, चकलेट, कन्फेक्सनरी, मिठाइ र मिस्री उद्योगको उत्पादन क्षमताको ५० प्रतिशत मात्रै छ ।

चाडबाडका बेला मुख्य कोसेलीका रूपमा अत्यधिक प्रयोग हुने बिस्कुट, चकलेट, मिठाइ, मिस्री र कन्फेक्सनरी उत्पादन ९० प्रतिशत पुग्नुपर्ने उनको भनाइ छ ।

सरकारले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १०–१० हजार टन आयात गर्न स्वीकृति दिए पनि उनीहरूले अहिलेसम्म आयात गर्न सकेका छैनन् । सरकारले तोकेका सरकारी कम्पनीले चिनीको आयत समयमा गर्न नसक्दा चिनीको मूल्य आकासिएको छ ।

नेपालमा वार्षिक ३ लाख २० हजार मेट्रिक टन चिनी खपत हुन्छ । तर नेपालमा रहेका चिनी उद्योगले मुस्किलले ८० हजार टन उत्पादन गर्छन् ।नेपाली उत्पादनले चिनीको माग धान्न नसकेपछि चिनी आयत गर्नु पर्ने बाध्यता रहेको छ । तर चिनी आयतमा ४० प्रतिशत भन्सार लगाएपछि उद्योगीहरूले ग्रिन च्यानलबाट चिनी आयत रोकेका छन् ।

सरकारको नीतिका कारण चिनीको आयतमा चोरी तस्करी बढेको उद्योगीहरूले बताए । भारतीय बजारमा चिनीको मूल्य प्रतिकिलो ६५ रुपैयाँ छ । भारतसँग जोडिएको विराटनगरमै खुद्रा मूल्य ११० रुपैयाँ सम्म लिने गरिएको छ

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com