काठमाडौ ९ कात्तिक । काठमाण्डौ(कुलेखानी हेटौँडा )सडक खण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका(६ जुरीखेतमा स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
काठमाण्डौबाट हेटौँडाका लागि छुटेको ०२–०२७–प ४८४२ नम्बरको स्कुटर हिजो बुधवार दुर्घटना हुँदा काठमाण्डौ महानगरपालिका–२७ बस्ने ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको ज्यान गएको हो ।दुर्घटनामा उनका श्रीमान् ६५ वर्षका शशीराज पाण्डे घाइते भएका छन । उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । जुरिखेतको ओरालोमा स्कुटर अनियन्त्रित भइ सडकबाट तल खसेको थियो ।








प्रतिक्रिया दिनुहोस्