ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एडीबीले दुई वर्ष लगाएर मेलम्चीको अध्ययन गरेपछि भन्यो– मुहान सार्नुपर्छ


एबीसी न्यूज

काठमाडौं, १ कात्तिक । तोकिएको समयमा सम्पन्न नभएको राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको मुहान सार्ने गृहकार्य भइरहेको छ ।

पहिले नै सम्भावित जोखिमको अध्ययन विस्तृतमा नभएको आरोप लाग्दै आएको मेलम्ची आयोजनाको पुनः लागत बढाउने खेल सुरु भएको कतिपयको भनाइ छ । मेलम्चीको बाँध सार्दा कम्तिमा पनि चार अर्ब रुपैयाँ थप रकम आवश्यक पर्ने अनुमान गरिएको छ । त्यो ठाउँको बारेमा थाहा नै नभएको दाताले कस्तो अध्ययन गर्छ भन्ने प्रश्न पनि उठ्ने गरेको छ ।

तर, पुनः प्रमुख दाता एसियाली विकास बैंक एडीबी ले नै अध्ययन गरेको छ । कुन कम्पनीसँग मिलेर अध्ययन गर्‍यो भन्ने खुलाइएको छैन ।

मेलम्ची खानोपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्त भन्छन्, “एडीबीले विस्तृत अध्ययन गरेर मुहान सार्न प्रतिवेदन पेस गरेको छ । तर, कुन कम्पनीसँग मिलेर अध्ययन गर्‍यो भन्ने हामीलाई थाहा हुँदैन ।”

यो आयोजनाको मुहान २०७८ असारमा गएको बाढीले क्षति गरेपछि एडीबीले अध्ययन थालेको प्रवक्ता पन्तले बताए । उक्त अध्ययनको विस्तृत प्रतिवेदन एडीबीले मेलम्ची खानोपानी विकास समितिमा बुझाइसकेको प्रवक्ता पन्तले बताए ।

अहिले सिन्धुपाल्चोकको हेलम्बुमा रहेको हेडवक्र्स सो क्षेत्रको भू–बनोट तथा बाढीपहिरोको जोखिमका कारण सार्नुपर्ने भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । अहिलेको मुहानबाट बाह्रै महिना काठमाडौंमा पानी पठाउन नसक्ने भएपछि यसको विकल्प खोज्न दातृ निकायले आग्रह गरेको पन्तले बताए ।

पन्तकाअनुसार एडीबीले गरेको अध्ययन प्रतिवेदनका आधारमा आयोजनाको हेडवक्र्स अहिले भएको स्थानभन्दा करिब एक किलोमिटर माथि सार्नुपर्ने भएको अवस्था आएको छ । “२०७८ असारमा बाढी गएपछि त्यसको सम्भावित कारण र आगामी वर्षमा बाढीले पुर्‍याउने सम्भावनाको विषयमा विस्तृत अध्ययन भएको थियो । यो अध्ययन दुई वर्ष लगाएर भएको छ,” पन्तले भने, “सर्कथली भन्ने ठाउँमा मुहान सार्ने प्रस्ताव भएको छ । अहिलेको ठाउँभन्दा एक किलोमिटर भित्र नै छ त्यो ठाउँ । अहिलेको मुहानमा बाढीले क्षति पुर्‍याएको छ । अझै क्षति पुर्‍याउने सम्भावना पनि छ ।”

एडीबीले आयोजनालाई अध्ययन प्रतिवेदन बुझाइसकेको उनले बताए । तर, थप काम अगाडि बढाउन सरकारले उक्त प्रस्ताव स्वीकृत गर्नुपर्ने पन्त बताउँछन् ।

सरकारको निर्णयपछि नयाँ हेडवर्क्स बनाउन सिफारिस गरिएको ठाउँको भौगर्भिक अध्ययनका साथै विस्तृत परियोजना प्रतिवेदन डीपीआर निर्माण गर्न परामर्शदाता चयनका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्छ ।

डीपीआर प्रतिवेदन स्वीकृत भएपछि हेडवर्क्स निर्माणका लागि निर्माण कम्पनी छनोट प्रक्रिया अगाडि बढ्ने पन्तले  भने ।

“कम्पनी छनोट भइसकेपछि हेडवक्स निर्माण गरी त्यसको सञ्चालन गर्न करिब तीन वर्ष समय लाग्न सक्ने । नयाँ हेडवक्स निर्माण गरी सञ्चालनमा ल्याउन लाग्न सक्ने लागतको यकिन डीपीआर निर्माणपछि मात्र स्पष्ट हुन्छ,” उनले भने, “हेडवक्स निर्माण गरेर मात्र हुँदैन । नयाँ हेडवक्स निर्माण हुने स्थानबाट अहिलेको हेडवक्स रहेको स्थानसम्म पानी पथान्तरणका लागि सुरुङ मार्ग निर्माण गर्नु पर्छ । यी संरचना निर्माण गर्नसमेत मन्त्रिपरिषद् वा सम्बन्धित मन्त्रालयको मन्त्रालयस्तरीय निर्णयबाट स्वीकृत हुनु पर्छ । अहिले पानी पठाइ रहेको मुहानको विषयमा पनि मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ ।”

बाढीले गर्दा अहिले पनि एक करोडभन्दा बढीको क्षति वर्षेनि हुने गरेको उनले बताए । अहिलेको ठाउँभन्दा अब सुरक्षित ठाउँ खोजिएको पनि उनले बताए । दातृ निकायले पनि लगानी गर्छु भनेको पनि उनले बताए ।

अल्पकालीन रूपमा आयोजना सञ्चालन गर्ने पनि मन्त्रालयले निर्णय गर्नुपर्ने उनको भनाइ छ । २०५८ सालमा नेपाल सरकार र एडीबीबीच आयोजनाका लागि ऋण सहमति भएको थियो । तर, त्यसको १३ वर्षपछि २०७७ फागुन २२ गते मेलम्चीको पानी सुन्दरीजल आइपुगेको थियो ।

एडीबीको ऋणमा बनेको यो आयोजना तोकिएको मितिभन्दा ढिलो बन्दा पनि पाँच अर्ब रुपैयाँ बढी लागत बढेको थियो । यो आयोजनामा नेपाल सरकारको ९५ मिलियन अमेरिकन डलर, एडीबीको ऋण २०७।४ मिलियन अमेरिकी डलर र वैदेशिक अनुदान १०।५ मिलियन अमेरिकी डलर रहेको छ ।

ऋणवापतको किस्ता र ब्याज अहिले पनि आयोजनाले एडीबीलाई अहिले पनि बुझाइरहेको छ । आयोजना सुरू गर्दा ४६४ मिलियन अमेरिकी डलर लाग्ने अनुमान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com