ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनआरएनएमा २३ जना निर्विरोध, ८ पदमा उम्मेदवारी नै परेन


abc

काठमाडौं, १ कात्तिक ।  गैरआवासीय नेपाली संघमा २३ जना निर्विरोध निर्वाचित भएका छन्। क्षेत्रीय संयोजक र उपसंयोजकका एकल उम्मेदवारी पर्दा २३ जना निर्विरोध भएका हुन्।

संघको ११ औं अधिवेशनमा ८ वटा पदका लागि भने उम्मेदवारी नै नपरी खाली भएका छन्। मंगलबार राति सार्वजनिक गरिएको अन्तिम उम्मेदवारको नामावलीमा अध्यक्षमा ४ जना नै प्रतिस्पर्धा गर्ने भएका छन्। डा। बद्री केसी, महेश कुमार श्रेष्ठ, रोविना थापा र राजेन्द्र कुमार शर्माले अध्यक्षमा प्रतिस्पर्धा गर्दै छन्।

काठमाडौंमा उपस्थित भएका प्रतिनिधीले विहिबार मतदान गर्दैछन् भने विदेशमा रहेका नेपालीले आज रातिबाटै अनलाइन भेरिफिकेसनको आधारमा मतदान गर्ने छन्।

निर्वाचन समितिका अनुसार अफ्रिका क्षेत्रीय संयोजकमा पुष्पराज भट्टराई निर्विरोध निर्वाचित भएका छन्। तान्जिेनिया बसोबार गर्दै आएका भट्टराईको एकल उम्मेदवारी मात्रै परेको थियो। अफ्रिकाको क्षेत्रीय उपसंयोजकमा उम्मेदवारी नै परेको छैन।

ओसियाना क्षेत्रको कोर्डिनेटरमा अष्ट्रेलियाका दिनेश पोखरेल निर्वाचित भएका छन्। उप संयोजकमामा अष्ट्रेलियाका अरुण कुमार ठाकुर, गोकुल प्रसाद घिमिरे र कोमल राज पाठक निर्विरोध भएका छन्।
अमेरिकाको उप संयोजकमा गोविन्द सुवेदी, पुर्ण चन्द्र बानियाँ, सञ्जय कुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।

अफ्रिका महिला संयोजकमा खेसना लिम्बु, अमेरिकाको संयोजकमा इन्द्रिया त्रिपाठी, मध्यपूर्व संयोजकमा बहराइनकी लक्ष्मी गिरी, ओसियाना संयोजक रेणुका लामा निर्बिरोध भएका छन्।

अफ्रिकाको उप संयोजकमा उम्मेदवारी नै परेन। अमेरिका क्षेत्रकोलागि विन्दु निरौला निर्विरोध निर्वाचित भएकी छन्। युरोपको सह संयोजकमा भावानी तिवारी, मध्यपूर्वका सरिता भण्डारी पौडेल निर्विरोध भएको छ। एसिया प्यासेफिकमा उम्मेदवारी नै परेन।

अफ्रिकाको युवा संयोजकमा उम्मेदवारी परेन। अमेरिकाकोलागि स्वराज खत्री, एसिया प्यासेफिककोलागि विकास बस्नेत, युरोपकोलागि प्रकाश भण्डारी, मध्यपूर्वका निरञ्जन प्रसाद सिलवाल,ओरियानामा सुर्य आचार्य निर्विरोध भएका छन्।

अमेरिकाकोलागि विशाल राना, एसिया प्यासेफिक नारायण खड्का, मध्यपूर्वका कृष्ण कुमार ठाकुर निर्विरोध भएका छन्।

ओसियाना, युरोप र अफ्रिकाको युवा सह संयोजकमा उम्मेदवारी नै परेन। दोस्रो पुस्ताको संयोजकको लागि उम्मेदवारी नै परेन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेप्सेमा १११ अंकको वृद्धिसँगै आजलाई कारोबार बन्द

यू-१९ एसिया कप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दै

सम्बन्धित

आफैँले बोकेको भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु

नेप्सेमा १११ अंकको वृद्धिसँगै आजलाई कारोबार बन्द

सुन ल्याएको आरोपमा २ विदेशी पक्राउ, साढे ६ किलो सुन बरामदको दाबी

धादिङको मैदी केन्द्रबिन्दु भएर भूकम्पको धक्का

सिमकोटमा हिमपातले जनजीवन प्रभावित

चितवनमा गाडीको ठक्करबाट २ जनाको मृत्यु, एक जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com