काठमाडौ १ कात्तिक । आजदेखि मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् । मनसुन बाहिरिए पनि पश्चिमी वायु सक्रिय हुँदा हिजो र अस्ति पश्चिमी क्षेत्रका धेरै ठाउँमा असिनासहित वर्षा भएको थियो ।हिजो अस्तिको वर्षाले चिसो बढाएको छ पश्चिमी वायुको प्रभाव कमजोर भएको र मनसुन पनि बाहिरिसकेकाले तत्काललाई खासै वर्षाको सम्भावना नरहेको मौसमविद् रोजन लामिछानेले बताए । देशका धेरै ठाउँमा अहिले घाम लागेको छ ।
तर, बेलुकीपख पहाडी क्षेत्रका एक दुई ठाउँमा भने हल्का पानी पर्न सक्ने मौसमविद्को अनुमान छ । ।देशभरको अधिकतम र न्यूनतम तापक्रम घट्दो क्रममा छ । काठमाण्डौमा हिजोभन्दा आज चिसो छ ।
आज काठमाण्डौको न्यूनतम तापक्रम १२ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । हिजो १३ दशमलव २ डिग्री सेल्सियस थियो ।गएको आइतवार काठमाण्डौको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस थियो भने शनिवार १६ दशमलव २ डिग्री सेल्सियस थियो । बिस्तारै चिसो बढ्दै जाने भएकाले तापक्रम अझै घट्दै जाने छ ।








प्रतिक्रिया दिनुहोस्