काठमाडौ ३० असोज । सोमवार २३ अङ्कले घटेको शेयर बजार आज मङ्गलवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव १८ अङ्कले बढेर १ हजार ८ सय ६४ दशमलव ६२ विन्दुमा पुगेको छ ।
आज होटल, निर्जीवन बीमा र व्यापारबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै हाथवे इन्भेस्टमेन्ट कम्पनीको शेयर साढे ८ प्रतिशतले घटेको छ ।आज ३८ लाख १३ हजार कित्ता शेयर एक अर्ब ८४ लाख रुपैयाँमा कारोबार भएका छन् ।
सबैभन्दा धेरै हाथवे इन्भेस्टमेन्ट कम्पनीको ४ करोड ६२ लाख र श्वेतगंगा जलविद्युत् कम्पनीको ४ करोड ३३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।








प्रतिक्रिया दिनुहोस्