ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीनदिनभित्र समानुपातिक सूची बुझाउन आयोगको पत्राचार, फागुन ५ सम्म सबै परिणाम सार्वजनिक हुने


ABC NEWS
माघ २७, २०७४ शनिबार  ६ : १३ बजे

काठमाडौं २७ माघ । निर्वाचन आयोगले शुक्रबार सांझ प्रतिनिधिसभाको समानुपातिकको सिट बाँडफाँट गरेर तीन दिनभित्र बन्द सूचीबाट नाम चयन गरेर पठाउन पाँच वटा राष्ट्रिय मान्यता प्राप्त दललाई पत्र पठाएको छ।

समानुपातिकका ३ प्रतिशत मत कटाएका एमाले, कांग्रेस, माओवादी केन्द्र, राजपा र फोरमलाई आयोगले तीनदिन भित्र केन्द्रीय समिति वा सो सरहको निकायबाट समावेशी सिद्धान्तका आधारमा उम्मेदवारको नाम चयन गर्न आग्रह भनेको छ । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षबाट एक सय ६५ जना निर्वाचित भैसकेका छन् र अब समानुपातिकबाट एकसय १० जना निर्वाचित गर्ने प्रक्रिया सुरु भएको छ।समानुपातिकको सूची बुझाउन आयोगले ढिलाई गर्दा नयां सरकार गठनको बाटो अवरुद्ध भएको थियो ।

एक सय १० सदस्य समानुपातिकमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७ र संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले ६ । ६ जना सांसद पाएको निर्वाचन आयोगले जनाएको छ।
संविधानको धारा ८४(८) अनुसार संघीय संसदमा कुनै पनि दलबाट कम्तिमा एक तिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था छ।

कानुनमा उल्लेख भएको सातवटा कल्स्टरको अनुपातअनुसार निर्वाचित गर्नुपर्ने बाध्यता पनि छ । जसअनुसार खस आर्य ३१.२ प्रतिशत, आदिवासी जनजाती २८.७ प्रतिशत, थारु ६.६ प्रतिशत, दलित १३.३ प्रतिशत, मधेसी १५.३ प्रतिशत, मुस्लिम ४.४ प्रतिशत र पिछडिएको क्षेत्रबाट ४.३ प्रतिशत हुनुपर्नेछ।

आयोगका अनुसार एमालेले प्रत्यक्षमा ८०, समानुपातिकमा ४१ गरी प्रतिनिधिसमामा एक सय २१ सिट र राष्ट्रियसभामा २७ सदस्य जित्दै संघीय संसदमा एक सय ४८ सिट जितेर सबैभन्दा ठूलो पार्टी बनेको छ ।
प्रतिनिधिसभा र राष्ट्रियसभा गरी एमालेबाट जम्मा १३ जना महिलाले जितेका छन्। अब ४१ समानुपातिक सांसदमध्ये कम्तीमा ३७ जना महिला निर्वाचित गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ। एमालेको समानुपातिकबाट जम्मा चार जना पुरुष सांसद बन्न पाउने भएका छन्।

तीनजना पुरुष छनौट गर्दा सातवटै क्ल्स्टरको पहिलो नम्बरमा रहेका उम्मेदवार मध्येबाट छान्नुपर्ने कानुनी व्यवस्था छ। खस आर्यको पहिलो नम्बरमा रहेका मुकुन्द न्यौपाने, आदिवासी जनजाती कोटाको पहिलो नम्बरमा रहेका विजय सुब्बा, थारु कोटाको पहिलो नम्बरमा रहेका मझिलाल थारु, दलितको पहिलो नम्बरमा रहेका रामप्रित पासवान, मधेसी कोटाको पहिलो नम्बरमा रहेका मोतिलाल दुगड, मुस्लिम कोटाको पहिलो नम्बरमा रहेका समिम मियाँ अन्सारी र पिछडिएको क्षेत्रको पहिलो नम्बरमा मोहन बानियाँमध्ये चारजनाले मात्र सांसद बन्ने अवसर पाउने भएका छन्।

त्यसैगरी कांग्रेसले २० जना महिला र माओवादी केन्द्रले १७ जनामध्ये १६जना महिला मनोनयन गरेर पठाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

सम्बन्धित

काठमाडौँमा एमालेको पुनरागमन सम्भव छ ? इश्वर पोखरेलको आत्मस्वीकृति, बचाउ र आगामी चुनावी दाबी (भिडियोसहित)

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

सनग्लास र आँधीबेहरी राजनीति: संकटग्रस्त फ्रान्सेली नेताको पुनरागमन

राष्ट्रपति पौडेल आइतबार जापान जाने, मन्त्रिपरिषद्‌बाट भ्रमण स्वीकृत

एमालेले घोषणापत्र बनाउँदै, विज्ञसँग गर्‍यो छलफल

जेनजी आन्दोलनमा फरार अभियुक्तको तीन महिने राजधानी आतंक, मुख्य योजनाकार गोली लागेर पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com