ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गैरआवासीय नागरिकता वितरण राष्ट्रघाती कार्यको सुरुआत – प्रभु साह


एबीसी न्यूज

काठमाडौं, ३० असोज। आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गैरआवासीय नागरिकता वितरणलाई राष्ट्रघाती कार्यको सुरूआत भनेका छन् ।

सरकारले मंगलबारबाट गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै बालुवाटारमा कार्यक्रम आयोजना गरी गैरआवासीय नागरिकता प्रदान गरे ।तर, सरकारको यो कदम देशको पक्षमा नरहेको भन्दै आम जनता पार्टीका साहले विरोध गरेका हुन् । ‘गैरआवासीय नागरिकता वितरण राष्ट्रघाती कार्यको शुरूवात हो । विदेशी नागरिकलाई नेपाली नागरिकता दिने कार्य खुलेआम राष्ट्रघाती कार्य हो’ शाहले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनका अनुसार गैरआवासीय नागरिकता वितरणले बिदेशी नागरिकता लिएका नेपालीहरुको नेपालमा रोकिएको अचल सम्पत्ति बेचबिखन गरि विदेश लैजानको लागि बाटो खुल्नेछ । ‘खर्बौं खर्बको चल सम्पति अवैध ढंगले विदेश पुर्‍याइसकेका तिनिहरुले अब आफनो अचल सम्पत्ति पनि खुलेआम विदेश लान पाउनेछन’ साह अगाडि लेख्छन्, ‘नेपालमा लुटेर राखेका सम्पति समेत विदेश लैजानलाई अब कानुनी समस्या हुने छैन ।’
गैरआवासीय नागरिकता वितरणले नेपाललाइए खोक्रो बनाउने उनको भनाइ छ ।

उनी लेख्छन्, ‘दुनियाँमा काही नभएको दोहोरो नागरिकताको प्रावधानले नेपाल छिटै खोक्रो हुने पक्का छ ।’विदेशी लगानी नेपाल ल्याउन गैरआवासीय नागरिकताको प्रावधान ल्याइएको भन्ने हल्ला मात्रै भएको उनको भनाइ छ । साहले लेखेका छन्, ‘विदेशी लगानी नेपाल ल्याउनलाई यो दोहोरो नागरिकताको प्रावधान ल्याइएको भन्ने हल्ला मचाएर आज ठुलो राष्ट्रघाती कार्य हुदैँछ । यस अपराधजन्य कार्यको विरुद्ध एक भएर प्रतिवाद गरौँ । राष्ट्रघाती कार्य मुर्दावाद, प्रतिक्रान्तिकारीहरु होशियार ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com