काठमाडौं,२९ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बडादसैँका निम्ति खरिद गरेका केही खसीबोका काठमाडौं आइपुगेका छन् । खरिद गरिएका केही खसीबोका आउन बाँकी रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी वाग्मती प्रादेशिक प्रमुख ज्ञानु थापाले बताइन् ।
सोमबार खसीबोका र च्यांग्रा प्रादेशिक कार्यालय थापाथलीमा आउने र मंगलबारदेखि बिक्री गरिने उनले जानकारी दिइन् । “दसैँका लागि बाहिरी जिल्लाबाट खसीबोका र च्यांग्रा प्रादेशिक कार्यालयमा केही आएका छन् । बिक्री भने भोलि मंगलबारबाट गरिनेछ,” उनले भनिन् “खरिद गरिएका सबै खसीबोका र च्यांग्रा अझै आइपुगेको अवस्था छैन ।
भोलि पनि आउँछन् । उताबाट आउने क्रम जारी रहन्छ । बिक्री पनि भोलिबाट नै हुन्छ ।”
प्रतिक्रिया दिनुहोस्