काठमाडौ, २९ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सोमबारदेखि दशैँका लागि आजदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्ने भएको छ।
धादिङ, मकवानपुर, रसुवा र दाङबाट खरिद गरिएका खसी, बोका र च्याङ्ग्रा बिहान काठमाडौं ल्याउने र दिउँसोदेखि नै बिक्री शुरु गरिने कम्पनीले जनाएको हो ।
खसी, बोका र च्याङ्ग्रा थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट बिक्री गरिनेछ। कम्पनीले दुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा बिक्री गर्ने जनाएको छ । खसी, बोका र च्याङ्ग्रा खरिदका लागि यो वर्ष ८ करोड ३३ लाख रुपैयाँ बजेट छुट्याएको छ।
प्रतिक्रिया दिनुहोस्