ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गैरआवासीय नेपाली संघको अध्यक्षमा राजेन्द्रकुमार (आरके) को उम्मेदवारी घोषणा


एबीसी न्यूज

काठमाडौं, २६ असोज । गैरआवासीय नेपाली संघको अध्यक्षमा राजेन्द्र कुमार (आरके) शर्माले उम्मेद्वारी घोषणा गरेका छन्। काठमाडौंमा पत्रकार सम्मेलन गरी शर्माले संघको आगामी कार्यकाल ९२०२३–०२५० प्यानलसहित उम्मेद्वारी घोषणा गरेका हुन्।

“गैरआवासीय नेपालीको अभियानः स्वदेशमा लगानी, प्रवासमा सम्मान” भन्ने मुल नारा समेटेर शर्माले २४ महिने कार्यकालमा आफ्ना २४ कार्ययोजनाहरु समेटेर वाचापत्र सार्वजनिक गरे।

शर्मा एनआरएनएका वर्तमान उपाध्यक्ष छन्। नेतृत्वका लागि समर्थन जुटाउन उनले जापान, दक्षिण कोरिया, हङकङ, अमेरिका र क्यानडालगायत ४० देशबाट सुझाव संकलन गरिसकेका छन्।

विप्रेषण रकमको प्रयोगलाई उत्पादनमुलक उद्यमसँग जोड्ने उनको योजना छ। शर्माले गैरआवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण गठनमा लाग्ने प्रतिवद्धता व्यक्त गरे।

शर्माले भने, ‘एनआरएनहरुबीचको एकता पहिलो प्रतिबद्धता हो। यस्तै, वैदेशिक रोगारः दक्ष जनशक्ति, सुरक्षित वातावरण, सामाजिक सुरक्षालाई कार्यान्वयन गर्ने मेरो प्रतिबद्धता छ। श्रमीकहरुको आर्थिक स्थिती सुधार्न पहल थाल्नेछु। विप्रेषण रकमको प्रयोगलाई उत्पादनमूलक उद्यमसँग जोड्न म क्रियाशील रहनेछु। गैरआवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण गठनमा लाग्नेछु। सांगठनिक पुनःर्संरचना कार्यदलबाट गहन योजना, मानव संशाधनः सबलीकरणयुक्त कार्यसम्पादन, संस्थागत सुशासनः शून्य सहनशील स्वअनुशासन, एनआएनए निर्वाचनः सबैले गर्न पाउन मतदान, आर्थिक कुटनितिः लगानी प्रवद्र्धन मुख्य नीति, गरौँ उच्चतम प्रयोग सूचना प्रविधिः हुन्छ विकास र समृद्धी, नेपाली रोजौं, नेपाली खोजौंः निर्यात बढाउन जोडतोडले लागौँ, गैरआवासीय सरोकारः जहाँ भएपनि नागरिकता र मताधिकार मेरो योजना रहेको छ ।

यस्तै, नेपाल समृद्धिको दस्ताः गैरआवासीय दोस्रो पुस्ता, अबको समृद्धिः जगेर्ना गरौँ भाषा र संस्कृति, एनआरएनए शक्तिः अधिकारसम्पन्न एनसीसी, विदेशमा सिकेको ज्ञानः देश निर्माणको अभियान, देश विकासको बलः एक एनसीसी हजार पर्यटक, घटाऔँ वैदेशिक श्रम, फर्किनेलाई स्वरोजगार कार्यक्रम, अग्रजलाई सम्मानः युवा परिचालन र विज्ञबाट ज्ञान, योजनाबद्ध कार्यान्वयनः न्यायपूर्ण कार्यसम्पादन मूल्याङ्कन मैले बनाएको कार्ययोजना हो यो।’ उनले गैरआवासीय नेपाली संघ सबैको साझा संस्था बनाउन कटिबद्ध भएर लाग्ने बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com