ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चौबीस घण्टाभित्र उत्तरी गाजाका ११ लाख प्यालेस्टिनलाई, दक्षिणी गाजा जान सेनाको उर्दी


एबीसी न्यूज

काठमाडौं, २६ असोज । इजरायली सेनाले उत्तरी गाजा क्षेत्रमा बसोबास गर्ने ११ लाख प्यालेस्टिनलाई चौबीस घण्टाभित्र दक्षिण गाजामा जान उर्दी जारी गरेको छ ।

इजरायलले उत्तरी गाजामा स्थल आक्रमण गर्न यो उर्दी जारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यही कारण गाजासँगको सीमा क्षेत्रमा इजरायलले अहिले ठूलो संख्यामा आफ्ना सैनिक तैनाथ गरेको छ ।

उत्तरी गाजा क्षेत्रबाट ११ लाख प्यलोस्टिनलाई दक्षिण गाजा जान जारी गरेको उर्दी इजरायलले संयुक्त राष्ट्रसंघलाई पनि जानकारी गराएको छ । संयुक्त राष्ट्रसंघका प्रवक्ताका अनुसार दक्षिण गाजा जान भनिएको संख्या लगभग गाजा क्षेत्रमा बसोबास गर्ने कुल प्यालेस्टिनको आधा हो ।

इजरायली सेनाले यो उर्दी गाजा र जेरुसेलमको समयअनुसार मध्यरातमा दिइएको थियो । “गाजा सहरमा तपाईँहरू तबमात्र फर्कनु हुनेछ जब हामी घोषणा गर्नेर्छौँ,” इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संयुक्त राष्ट्रसंघले यति ठूलो संख्यामा मानिस चौबीस घण्टामा दक्षिण गाजा जान नसक्ने जनाउँदै चिन्ता व्यक्त गरेको छ ।

हमासका लडाकुहरू उत्तरी गाजामा सुरुङ बनाई बसेको आशंका इजरायलको छ । उनीहरू प्यालेस्टिनका सर्वसाधरणलाई ढाल बनाई उनीहरूको घरमा आश्रय लिएको आंकलन इजरायली सेनाको छ ।

“आफ्नो र आफ्नो परिवारको सुरक्षाको लागि तपाईंहरू दक्षिण गाजा जानुहोस् र आफूहरु हमासको आतंकबाट टाढा रहनुहोस्, ताकी उनीहरूले तपाईँहरूलाई मानव ढालको रूपमा प्रयोग गर्न नसकुन्,” इजरायली सेनाले भनेको छ ।

प्यालेस्टिन विद्रोही समूह हमासले भने उत्तरी गाजामा बसोबास गर्दै आएका प्यालेस्टिनलाई उक्त ठाउँ नछोड्न भनेको छ । गाजा क्षेत्रमा शासन गर्दै आएको हमासले इजरायल मनोवैज्ञानिक युद्ध गरिरहेको बताएको छ ।

हमासले गएको शनिबार अचानक इजरायलमाथि आक्रमण गरेको थियो । त्यसपछि हमास र इजरायली सेनाबीच युद्ध चर्किएको हो ।

हमासको आक्रमणमा शनिबारयता १ हजार ३ सयभन्दा बढी इजरायलीको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ । हमासको आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

यस्तै, इजरायली सेनाको आक्रमणमा १ हजार ५०० सयभन्दा बढी प्यालेस्टिन मारिएको जनाइएको छ । संयुक्त राष्ट्रसंघका अनुसार इजरायली आक्रमणका कारण ४ लाख २३ हजार प्यालेस्टिन विस्थापित भएका छन् । शनिबारयता ६ दिनमा गाजाको ३ हजार ६०० स्थानमा ६ हजार बम खसालिएको इजरायलले दाबी गरेको छ । ती बमको कुल वजन ४ हजार टन छ ।

प्यालेस्टिन अधिकारीले भने इजरायलको आक्रमणमा हालसम्म १ हजार ५३७ जना प्यालेस्टिनी मारिएको बताएका छन् । मारिनेमा ५०० बालबालिका र २७६ महिला छन् । हमासले १५० जना इजरायलीलाई बन्धक बनाएको जनाइएको छ ।

इजरायलले आउने केही दिनमा नै आफ्ना सेनाले गाजा सहरमा ‘महत्वपूर्ण अप्रेसन’ चलाउने घोषणा गरेको छ । आम सर्वसाधरणलाई कुनै क्षति नहोस् भनेर पूरा कोसिस गर्ने पनि इजरायलले जनाएको छ ।

संयुक्त राष्ट्रसंघले भने इजरायललाई गाजामा आक्रमण गर्ने निर्णय फिर्ता लिन अपिल गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com