ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छात्रवृत्ति कोटामा अध्ययनरत विद्यार्थीबाट शुल्क लिए कारबाही गरिने


एबीसी न्यूज

काठमाडौ २५ असोज    काठमाडौँ महानगरपालिकाले चालु शैक्षिकसत्रमा कक्षा ११ मा छात्रवृत्ति कोटाबाट भर्ना भएका विद्यार्थीसँग विद्यालयले शुल्क मागेको गुनासो आएपछि अनुगमन सुरु गरेको छ । छात्रवृत्ति कोटामा सिफारिस भएका विद्यार्थीसँग शुल्क उठाउने विद्यालयहरूलाई कारबाही गर्ने महानगरले चेतावनीसमेत दिएको छ । गुनासो आएपछि महानगरले गत मङ्गलबारबाट छानबिन सुरु गरेको महानगरको शिक्षा विभागले जानकारी दिएको छ ।

महानगरका शिक्षा अधिकृत नेत्रनारायण पौडेलका अनुसार विभिन्न माध्यमबाट १० वटा विद्यालयले शुल्क लिएको भन्ने उजुरी परेको छ । गत सोमबार, मङ्गलबार र बुधबार तीन दिनमा टोलीले गोल्डेन गेट, सिफल सेकेन्डरी स्कुल, काठमाडौँ मोडेल कलेज, एभरेष्ट फ्लोरिडा, सिसीआरसी गरी छवटा विद्यालयको अनुगमन गरेको पौडेलले जानकारी दिए।अनुगमनका क्रममा एभरेष्ट फ्लोरिडाबाहेक अरु विद्यालयले कुनै न कुनै रूपमा शुल्क माग गरेको फेला परेको उन को भनाइ छ ।

सिफल स्कुलले पुस्तकालय, प्रयोगशाला, अतिरिक्त कक्षा, अतिरिक्त क्रियाकलाप, दर्ताजस्ता शीर्षकमा विद्यार्थीसँग मासिक रु नौ हजार पाँच सयसम्म मागेको महानगरको भनाइ छ ।छात्रवृत्ति र शुल्कसँग सम्बन्धी गुनासो गर्नुपरे छानबिन तथा अनुगमन टोलीका अधिकारीहरूसँग ९नेत्रनारायण पौडेल, फोन नं ९८५११९९९४५, सस्मित पोखरेल, फोन नं ९८४००७१५५५ र शैलेन्द्र झा फोन नं ९८५११४६८९६०लाई फोन गर्न सकिने महानगरको भनाइ छ ।

काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को परिच्छेद १० मा कुल विद्यार्थी सङ्ख्याको कम्तीमा १० प्रतिशत नघटाई जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपाङ्गता, महिला, दलित, जनजाति, द्वन्द्वपीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।

यही व्यवस्थाअनुसार महानगरपालिकाले कक्षा ११ मा भर्ना भएर छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीबीच परीक्षा लिएर ‘म्याचिङ लिष्ट’बाट नाम सिफारिस गरेको हो । यसरी सिफारिस गरिएका विद्यार्थीले कक्षा ११ र १२ मा कुनै पनि प्रकारको शैक्षिक शुल्क तिर्नु पर्दैन ।

गत साउन २० गते लिइएको प्रवेश परीक्षामा आवेदकमध्ये तीन हजार चार सय छात्र, एक हजार सात सय ७२ जना छात्रा गरी पाँच हजार एक सय ७२ विद्यार्थी सहभागी थिए । महानगरले साउन २९ गते दुई हजार तीन सय २२ जना परीक्षार्थीको नाम छात्रवृत्तिका लागि ‘म्याचिङ लिष्ट’, भर्नाको पहिलो सूचीमा सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com