ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिजुली, पानीको आपूर्ति बन्द, कस्तो छ ४५ वर्गकिलोमिटरको गाजाको स्थिति ?


abc

काठमाडौं, २५ असोज । प्यालेस्टाइनी लडाकु समूह हमासले बन्धक बनाएका आफ्ना नागरिकलाई घर नफर्काएसम्म गाजामा बिजुली, पानी र इन्धन आपूर्ति नगर्ने इजरायलका ऊर्जामन्त्री काट्जले घोषणा गरेका छन् ।

“बन्धक बनाइएका इजरायलीहरू घर नफर्केसम्म बिजुलीको स्वीच खोलिने छैन । पानी चलाइने छैन । र, कुनै पनि इन्धनको ट्रक भित्र पस्ने छैन,” उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “मानवीयताका लागि मानवीयता र कसैले हामीसँग नैतिकताको प्रचार गर्ने छैन ।”

इजरायलले गाजामा हमासलक्षित ठूलो आक्रमण गरिरहेको त्यहाँको रक्षा बलले बिहीबार जनाएको छ ।

लडाइँ सशक्त बनाउन इजरायलमा आपत्कालीन सरकार र ‘युद्ध मन्त्रिपरिषद्’ गठन गरिएको छ । हमासले गाजामा करिब १५० जनालाई बन्धक बनाएको बताइएको छ ।

भग्नावशेषले घेरिएको ठाउँमा बिजुलीबिनाको अन्धकारमय रात बिताएका प्यालेस्टाइनी बिहीबार गाजामा बेकरी र किराना पसलबाहिर लाइन लागेका थिए ।

कस्तो छ ४५ वर्गकिलोमिटरको गाजाको स्थिति ?
इजरायलले खाद्यान्न, पानी, इन्धन र बिजुलीको आपूर्ति रोक्दा गाजामा मृत्यु हुनेको संख्या बढ्न सक्ने अन्तर्राष्ट्रिय सहायता एजेन्सीको चेतावनी छ ।

करिब २३ लाख जनसंख्या रहेको ४५ वर्गकिलोमिटर क्षेत्रको गाजा विश्वकै सबैभन्दा बढी जनघत्व भएको ठाउँमध्येमा पर्छ । भूमध्यसागरको छेउमा इजिप्ट र इजरायलसँग जोडिएको गाजा क्षेत्रको लम्बाइ ४० किलोमिटर मात्र छ ।

अहिले हजारौँ संख्यामा प्यालेस्टाइनी संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित विद्यालयमा बसेका छन् ।

गाजाको एक मात्र पावर स्टेसन बुधबार इन्धन सकिएर बन्द हुँदा अस्पतालहरू बिजुलीविहीन भएका छन् । नवजात शिशुका निम्ति इनक्युबेटर र वृद्ध बिरामीका लागि अक्सिजनको जोखिम छ ।

मिर्गौलाको डायलासिस रोकिनेदेखि एक्स–रे गर्न नसकिने नहुँदा अस्पतालहरू शवगृहमा परिणत हुने स्थिति बनेको रेडक्रसको अन्तर्राष्ट्रिय समितिका क्षेत्रीय निर्देशक फब्रिजियो कार्बोनीको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एनसेलको सेयर खरिदबिक्री रोक्न सरकारलाई लेखा समितिको निर्देशन

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे देउवा र नेपाल

सम्बन्धित

विद्यार्थीलाई न्यानो ड्रेस

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे देउवा र नेपाल

बालकृष्ण खाँणको थुनछेक आदेशविरुद्धको निवेदनमा मंसिर २८ गतेको पेसी

प्राधिकरणलाई १५ दिनभित्र सबै विवरण पेस गर्न अर्थ समितिको निर्देशन

प्रेम आलेको टिप्पणी– कर छल्न एनसेलले बिक्री मूल्य कम देखायो

‘टाट पल्टेको’ एनसेललाई किनौँ, आफैँ चलाऔँ-सांसदहरूको प्रस्ताव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com