ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झापामा महेश बस्नेत सहभागी कार्यक्रमा, दुर्गा प्रसाईंका समर्थकले गरे गाडी तोडफोड


एबीसी न्यूज

काठमाडौं, २५ असोज । नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा पूर्व मन्त्री महेश बस्नेत प्रमुख अतिथि रहेको कार्यक्रममा सहभागी हुन आएका एमाले कार्यकर्ता चढेको गाडीमा दुर्गा प्रसाईंका समर्थक र पहिचानवादीको समूहले तोडफोड गरेका छन् ।

राष्ट्रिय युवा संघ अर्जुनधारा नगर कमिटीको प्रथम नगर अधिवेशन उद्घाटन गर्न बस्नेत बिहीबार झापा पुगेका थिए । त्यस क्रममा उनलाई प्रदर्शनकारीले कालो झण्डा देखाउँदै विरोध गरेका हुन् । कडा सुरक्षाबीच कार्यक्रम स्थल पुगेका बस्नेतले नगर अधिवेशन उद्घाटन गरेका छन् ।

बस्नेतले अहिले मुलुकमा सरकार भएको भन्ने जनताले महसुस नगरेको आरोप लगाए । भने,जन चाहना अनुसार काम गर्न नसक्ने सरकार असफल भइसकेको छ ।

तर प्रदर्शनकारीले कार्यक्रमस्थल आसपास राखिएका गाडीमा ढुंगा प्रहार गर्दै शिशा फुटाइ दिएका छन् ।‌ घटनामा संलग्न भएको आरोपमा प्रहरीले बिक्रम सुब्बालाई नियन्त्रणमा लिएको छ । कार्यक्रम चलुन्जेल अर्जुनधारा क्षेत्रमा पहिचानवादीले नारावाजी गरेका थिए ।

कार्यक्रमस्थलभन्दा ५०० मिटर टाढा पार्किङमा राखिएका एमाले नेताका २५ भन्दा बढी गाडीमा तोडफोड भएको बताइएको छ । त्यसबट करिब एक करोडको रुपैयाँ बराबरको क्षति भएको एमाले झापाको दाबी छ । प्रसाईंले काठमाडौमा मोसो दलिएको घटनाको बदला लिने चेतावनी दिएका थिए । जिल्ला प्रहरी कार्यालय झापाले अहिले स्थिति सामान्य रहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com