ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विमान इजरायल पुगेपछि नेपाली विद्यार्थीले भने, एक हप्तादेखि ट्रमामा थियौँ, अब खुसी छौँ


abc

काठमाडौं, २५ असोज । नेपाल एयरलाइन्सको विमान बिहीबार दिउँसो इजरायलको तेल अभिभ पुगेपछि त्यहाँ उद्धारको पर्खाइमा रहेका नेपाली विद्यार्थीमा खुसियाली छाएको छ । उनीहरू सो विमानस्थलमा पुगिसकेका छन् ।

“एक हप्तादेखि ट्रममा थियौँ । अहिले हामीलाई लिन आएको जहाज नै देखेपछि खुसी छौँ,” इजरायलको बेन गुरियन विमानस्थलमा रहेका दाङका विपीन सुवेदीले  भने, “मनमा डर अझै बाँकी छ ।”

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि विषयको ११ महिने इन्टर्नसिपका लागि उनी इजरायल गएका थिए ।

प्यालेस्टाइनी लडाकु समूह हमासले गएको शनिबार एक्कासि इजरायलमा आक्रमण गरेपछि त्यहाँको माहोल बिग्रिएको छ । हमासको आक्रमणमा परी विपीनसँगै इजरायल गएका उनका १० साथी मारिएका थिए ।

हमासको आक्रमणपछि इजरायली सेना र हमासबीच युद्ध सुरु भएको थियो । अहिले पनि लडाइँ जारी छ ।

युद्ध चर्कंदै गएपछि विशेष गरी हमास नियन्त्रित क्षेत्र गाजाको सीमानजिक रहेका नेपालीले उद्धार गर्न नेपाल सरकारलाई अनुरोध गरेका थिए । सरकारले आज उद्धारका निम्ति नेपाल एयरलाइन्सको विमान त्यसतर्फ पठाएको हो ।

“दिमागमा तिनै दृश्य मात्र दोहोरिरहेको छ, गोली चलेको, रकेट प्रहार भएको । अब नेपाल फर्किने भयौँ, असाध्यै खुसी छौँ,” विपीनले भने ।

इजरायलको विमानस्थलमा उद्धारको पर्खाइमा रहेका अर्का नेपाली विद्यार्थी लुइस रिजाल अब स्वदेश फर्कनेमा ढुक्क देखिन्छन् ।

“हामीलाई त जीवनदान गरेर सकुशल नेपाल पठाउनुभयो, अब इजरायलमा भएका घाइते मेरा प्रिय साथीहरूलाई हरदम साथ र सहयोग दिन र मेरो हराएको साथीलाई खोजी नेपाल आमाको अधुरो कोख भरिदिनुहुनेछ भन्ने आशा राखेका छौँ,” रिजालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

उनले हमासको आक्रमणपछि उद्धारमा निरन्तर प्रत्यक्ष–अप्रत्यक्ष सहयोग, हौसला, आत्मविश्वास प्रदान गर्ने सबैलाई हृदयदेखि नै नमन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यू-१९ एसिया कप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दै

काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो, ६.२ डिग्रीमा झर्यो तापक्रम

सम्बन्धित

सुन ल्याएको आरोपमा २ विदेशी पक्राउ, साढे ६ किलो सुन बरामदको दाबी

धादिङको मैदी केन्द्रबिन्दु भएर भूकम्पको धक्का

सिमकोटमा हिमपातले जनजीवन प्रभावित

चितवनमा गाडीको ठक्करबाट २ जनाको मृत्यु, एक जना घाइते

काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो, ६.२ डिग्रीमा झर्यो तापक्रम

मानव अधिकार संस्कृतिको विकास गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com