काठमाडौं, २५ असोज–प्रहरीले लुटेरा समूहलाई नियन्त्रणमा लिने त्रममा काठमाडौंको बौद्धमा गोली चलाएको छ ।
बिहीबार अपराह्न प्रहरीले लुटेरा समूह नियन्त्रण लिन गोली चलाएको हो । प्रहरीले लुटेरा समूहका तीन जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीको गोली लागप् ३६ वर्षीय अमर घलान घाइते भएका छन् । दाहिने खुट्टामा गोली लागेका उनको जोरपाटीस्थित एनएमसी अस्पतालमा उपचार भइरहेको छ ।प्रहरीले दुई राउण्ड गोली चलाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले प्रहरीका तर्फबाट दुई राउण्ड गोली चलेको बताए ।प्रहरीलाई देखेर लुटेरा समूहले गोली चलाएको रेग्मीले बताए । तीन लुटेरालाई नियन्त्रणमा लिइएको जानकारी उनले दिए ।पक्राउ पर्नेमा घलानसहित जितेन लामा र शान्ता लामा छन् । घटनास्थलबाट एउटा पेस्तोल र पाँच राउण्ड गोली बरामद भएको छ ।








प्रतिक्रिया दिनुहोस्