ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यासोनो व्यवसायी किशोर सिलवालले, अवैध अनलाइन ग्याम्ब्लिङ सञ्चालन अनुमति कसरी पाए ?


एबीसी न्यूज

काठमाडौं, २४ असोज ।  प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार अनलाइन बेटिङमार्फत् करोडौँ कारोबार गर्ने पिन्टुकुमार साहलाई पक्राउ गर्‍यो ।

कार्यालयका प्रहरी उपरीक्षक एसपी रवीन्द्र रेग्मीका अनुसार उनले अनलाइन बेटिङ सञ्चालन गरी २४ करोड रुपैयाँ बराबरको कारोबार गरेको आधारमा पक्राउ गरिएको हो । झापा दमक नगरपालिका–१२ का ३० वर्षीय साहले नेपालमा अवैध मानिएको अनलाइन जुवा, सट्टाबाजीजस्ता अनलाइन खेलमा सक्रिय रहेको प्रहरीको दाबी छ ।

यसअघि उपत्यका अनुसन्धान कार्यालयकै टोलीले अनलाइन ग्याम्ब्लिङ र वान वेक्स बेटबारे युट्युवमा विज्ञापन गरेको भन्दै ३२ जेठमा ‘बल्छी धु्रवे’ नामले परिचित मरिचमान श्रेष्ठसहित आठ जना कलाकारलाई पक्राउ गरेको थियो ।

उनीहरु २४ दिन प्रहरी थुनामा बसेका थिए । जिल्ला अदालत काठमाडौंले जनही पाँच हजार रुपैयाँ धरौटीमा छाड्यो ।

एकातिर प्रहरीले अनलाइन बेटिङ कारोबारमा संलग्नहरुलाई धमाधम पक्राउ गर्दै कारबाहीको दायरामा तान्ने गरेको छ । अर्कातिर अवैध भनिएको अनलाइन ग्याम्ब्लिङ, बिंगो, स्पोर्टस् बेटिङ सञ्चालन गर्न एक निजी कम्पनीलाई अनुमति दिएको तथ्य बाह्रखरीले फेला पारेको छ ।

संस्कृति पर्यटन नागरिक उड्यन मन्त्रालयले १५ असार २०६७ मै नेपालमा अवैध मानिएको अनलाइन ग्याम्ब्लिङ सञ्चालन गर्न स्वीकृत दिएको भेटिएको हो ।

मन्त्रीस्तरीय निणर्यबाट लाजिम्पाटस्थित रक इन्टरनेशनल प्रालिलाई अनुमति दिएको भेटिएको हो । त्यतिबेला संस्कृति तथा पर्यटन मन्त्रीमा हालका श्रममन्त्री शरतसिंह भण्डारी थिए । रक इन्टरनेशनल प्रालिका सञ्चालक क्यासिनो ब्यवसायी किशोर सिलवाल हुन् ।

पर्यटन विभाग स्रोतका अनुसार शक्तिको आडमा उनले अवैध अनलाइन सट्टेबाजी, ग्याम्ब्लिङ सञ्चालन गर्ने अनुमति पाएका हुन् । त्यसरी अवैध अनलाइन ग्याम्ब्लिङ सञ्चालन गर्न अनुमति पाउने उनी एक्ला व्यवसायी हुन् ।

उक्त अनलाइन ग्याम्ब्लिङ सञ्चालन गरेबापत प्रतिवर्ष प्रतिस्थान ५० हजार शुल्क तोकिएको छ । स्रोतका अनुसार, सिलवालले नै अनलाइन ग्याम्ब्लिङ र बेटिङका लागि चिनियाँ समूहहरुलाई त्यही अनुमति बिक्री गर्ने गरेका हुन् ।

सिलवालले पाएको अनुमति देखाउँदै चिनियाँ समूहले काठमाडौंको अनेक ठाउँमा अनलाइन ग्याम्ब्लिङ र सट्टेबाजीको धन्दा सञ्चालनमा रहेको स्रोतको दाबी छ । केही स्थानमा प्रहरीकै संरक्षणमा समेत अनलाइन ग्याम्ब्लिङ हुने गरेका छन् । अवैध अनलाइन ग्याम्ब्लिङ गिरोहबारे २०७६ मै खुलासा भएको थियो ।

यो गिरोहले सुरुमा चिनियाँ नागरिकलाई नै मुख्य टार्गेट बनाएर धन्दा थालेका थिए । त्यतिखेर प्रहरीले काठमाडौंमा ठाउँ–ठाउँमा छापा मारेर १ सय २२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । उनीहरुले अनलाइन ग्याम्ब्लिङ, म्याच फिक्सिङ र अश्लिल भिडिओ देखाएर चीनमा रहेका व्यक्तिबाट रकम असुल्ने गर्थे । चिनियाँ प्रहरीको आग्रहमै प्रहरीले त्यतिबेला अपरेसन थालेको थियो ।

हाल चिनियाँ समूहले विभिन्न ठाउँबाट अनलाइन ग्याम्ब्लिङ खेलाउँदै आएको छ । गत वर्ष बानेश्वर र रुपन्देहीबाटसमेत अनलाइन ग्याम्ब्लिङ गर्ने ठूलो समूह पक्राउ परेका थिए । अनलाइन ग्याम्ब्लिङका लागि चिनियाँ समूहलाई रक इन्टरनेसनलका सञ्चालक सिलवालले नै भित्र्याउने गरेको आरोप उनीमाथि छ ।

प्रहरीका अनुसार, सिलवालको सम्बन्ध हाल ६० किलो सुन तस्करी आरोपमा पक्राउ परेका बेल्जियम नागरिक दावा छिरिङ र हाल फरार जीवन चलाउनेसँग पनि सम्बन्ध भएको भेटिएको छ ।

सञ्चालक किशोर सिलवालले आफूले ग्याम्ब्लिङ सञ्चालनको लागि लाइसेन्स लिएको स्वीकार गरे । उनले भने,“मैले अहिले सञ्चालन गरेको छैन । लाइसेन्स पहिला नै लिएको हो । नवीकरण गरेर मात्रै राखेको छु ।”

आफूले सञ्चालन नगरे पनि आफूले प्राप्त गरेको लाइसेन्सको अनुमति अरुलाइ सम्झौतामा बिक्री गर्ने बारेमा भने उनी स्पष्ट हुन चाहेनन् । “यो विषयमा तपाईंसँग पछि कुरा गर्छु,” सिलवालले भने ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com