ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायल–प्यालेस्टाइन युद्ध नरोकिए त्यसको बाछिटा कहाँसम्म पुग्छ भन्ने सहजै अनुमान गर्न सकिदैन


एबीसी न्यूज

काठमाडौं । इजरायल र प्यालेस्टाइनबीच ७५ वर्षदेखि जारी तनाव फेरि अर्को युद्धका रूपमा विस्फोट हुँदा नेपाली नागरिकसमेत घानमा परेका छन् । गाजामा रहेको प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलको दक्षिणी क्षेत्रमा गोलाबारी गर्दा कम्तीमा १० नेपाली विद्यार्थीको ज्यान गएको छ भने केही घाइते भएका छन । रोजगारी र सीप सिक्न कैयन् नेपाली इजरायलमा छन । इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिनमा कृषिसम्बन्धी प्रयोगात्मक सिकाइका लागि एक महिनाअघि मात्र पुगेका सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थी शनिबार बिहान हमासको आक्रमणमा परे । हमासले शनिबार बिहान इजरायलविरुद्ध अहिलेसम्मकै ठूलो आक्रमण गरेको हो । उसले इजरायली कब्जा अनियन्त्रित ‘अपरेसन अल–अक्सा फ्लड’ सुरु भएको जनाएको छ । हमासले शनिबार बिहान अचानक एकसाथ करिब पाँच हजार रकेट प्रहार गर्नुका साथै दक्षिणी इजरायलभित्र प्रवेश गरेर आफ्ना सैनिक तथा नागरिकलाई बन्धक बनाएपछि इजरायलले ‘युद्धको अवस्था’ घोषणा गरेको छ । जवाफी हमलामा उत्रिएको इजरायलले यो युद्ध लामो र कठिन हुने भन्दै प्यालेस्टाइनले अहिलेसम्म अनुमानसमेत नगरेको मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ ।

इजरायलले प्यालेस्टाइनी सहर गाजालक्षित आक्रमण तीव्र बनाइरहेको छ । दुवैतिर हताहती हुनेको संख्या १२ सय भन्दा नाघिसकेको छ । अहिले दुवैतर्फको आक्रोश हेर्दा यो संख्या कैयौं गुणा बढ्ने स्थिति छ । यसले विश्वलाई फेरि ध्रुवीकृत गर्ने, साधन र स्रोत युद्धमा खर्च हुने र अमूल्य मानवजीवन पनि होमिने स्थिति छ । इजरालयमाथि हमला भएपछि उसको समर्थनमा अमेरिका, जर्मनी, फ्रान्सलगायतका पश्चिमा देशहरू खुलेर अगाडि आएका छन । उनीहरूले इजरायललाई आवश्यक सम्पूर्ण सहयोग निःसर्त दिने घोषणा पनि गरेका छन । यता साउदी अरब र कतारजस्ता देशहरूले इजरायलकै आक्रमकताका कारण यो हिंसा भएको टिप्पणी गरिसकेका छन । हमासको आक्रमणप्रति समर्थन जनाउँदै इरानमा ¥यालीहरू नै भएका छन  । इरानको समर्थनप्राप्त लेबनानी इस्लामिक सैन्य समूह हिजबुल्लाहले आइतबारै इजरायलको पश्चिमी क्षेत्रमा रकेट प्रहार गरेर स्थिति थप तनावपूर्ण बनाइदिएको छ । हमासले पनि आक्रमण गर्न आफूहरूलाई इरानको प्रत्यक्ष सहयोग रहेको जनाइरहेको छ । वर्षौंदेखि भूराजनीतिक भुमरीमा परेको त्यस क्षेत्रमा युद्ध चर्कंदै जाँदा क्षेत्रीय ध्रुवीकरण बढ्ने सम्भावना देखिँदै छ । साढे सात दशकअघि स्वतन्त्र मुलुकका रूपमा इजरायल स्थापित भएदेखि नै प्यालेस्टाइनसँग संघर्ष चल्दै आएको छ । यो संघर्ष भूमिसँग मात्र सम्बन्धित छैन, धर्मसँग जोडिएको छ । दीर्घकालीन शान्तिका लागि संयुक्त राष्ट्रसंघलगायत निकायले पटक–पटक प्रयास गरेका पनि हुन् तर मुख्य गरी इसाई, इस्लाम र यहुदी तीनै थरीको महत्त्वपूर्ण धार्मिकस्थल जेरुसेलमका कारण निकास निस्कन सकेको छैन । जेरुसेलमलाई धार्मिक प्रतिष्ठाको विषय बनाएर सजिलै गुमाउन वा अरू कसैको नियन्त्रणमा पार्न कुनै पनि पक्षले चाहेको छैन । धार्मिक–राजनीतिक स्वार्थका कारण यसरी युद्धहरू हुँदै गर्दा निहत्था मानिसले ज्यान गुमाउँछन । यसैपालि हमासले आक्रमण गर्दा युद्धसँग कुनै साइनो नभएको नेपालका नागरिकले ज्यान गुमाए । इजरायल–प्यालेस्टाइन युद्ध नरोकिए त्यसको बाछिटा कहाँसम्म पुग्छ भन्ने सहजै अनुमान गर्न सकिदैन ।

यो देशले यतिबेला प्रार्थना गरिरहेको छ । सारा नेपालीले पशुपतिनाथ पुकारेर भनिरहेका छन्, ‘भगवान् इजराइलमा रहेका नेपालीलाई केही नहोस् । युद्ध साम्य होस्, सबै सकुशल रहेको खबर सुन्न पाईयोस् ।’ तर ‘हुनाहार दैव नटार’ भनेजस्तै यहीँ प्रार्थना र पुकारकैबीच १० नेपाली विद्यार्थी हताहती भएका छन् । इजराइल र प्यालेस्टाइनी आतंकवादी समूह हमासबीचको युद्धको भुङग्रोमा नेपाली परे । इजरायल र गाजाबीच शनिवारदेखि युद्ध जारी छ । उक्त युद्धमा परेका १० जना नेपाली विद्यार्थीको मृत्यु भयो । हवाई हमलासँगै आतङ्कवादी हमला निरन्तर जारी छ । जसले गर्दा नेपालीहरू निकै त्रासमा छन् । उनीहरूले निरन्तर रूपमा उद्धारका लागि अनुरोध गर्दै आएका छन् । तर, अहिलेसम्म उद्धार हुन सकेको छैन । अन्य देशका नागरिकहरूको धमाधम उद्धार भयो । तर, युद्धग्रस्त क्षेत्र नजिकै रहेका नेपाली विद्यार्थीको भने शनिवारदेखि आजसम्म उद्धार हुन सकेको छैन । आफूहरूसँगै रहेका थाइल्यान्ड, इजरायल लगायतका अन्य देशका विद्यार्थीको उद्धार गरिएको उनिहरुले गुनासो गर्दै आएका छन् । यता सरकारले भने बंकरका विद्यार्थीलाई प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको फोन गरेर, इजरायलले अनुमति दिनेबित्तिकै विमान पठाउने आश्वासन दिएका छन् । हमासले इजारयली सैनिक तथा निहत्था नागरिकलाई नियन्त्रणमा लिएको छ ।

इजरायलका अनुसार हमासले १०० जना भन्दा बढीलाई अपहरण गरेको छ । हमासले इजरायली सैनिक तथा नागरिकलाई नियन्त्रणमा लिएको दृश्य पनि देख्न सकिन्छ । इजरायली आकाशमा रकेट देखिएको केही घण्टामै सयौँ इजरायलीले ज्यान गुमाए । हमासबाट यो तहको हमला कसैले पनि संभव सोचेका थिएनन् । इजरायली सेनालाई प्रतिरक्षाकालका लागि केही समय लागेको थियो ।हमासको त्यो गतिको आक्रमणले इजरायल अचम्ममा परेको छ । अन्तर्राष्ट्रिय समुदायहरूले पनि अकल्पनीय भनेका छन् । इजरायलले वर्षौसम्म हमासको हमलालाई लिएर प्रश्न खेप्नुपर्नेछ । तर अहिलेको स्थिति बारे प्रधानमन्त्री बेन्जामिन नेतान्याह्युले प्रस्ट शब्दमा भनेका छन्, ‘हामी अहिले युद्धको स्थितिमा छौं ।’युद्धका लागि हमासले रोजेको समय संयोग थियो वा नियोजित भन्ने पनि क्रमशः खुल्दै जाला । किनभने अरब र इजरायलबीच पहिलो युद्ध ६ अक्टोबर १९७३ मा भएको थियो, यो मिति इतिहास भइसक्यो । संयोग २०२३ को अक्टोबरमा युद्ध जारी छ । आइतबार मात्र इजिप्टमा दुई इजरायली पर्यटकको गोली हानी हत्या गरिएको छ । युद्धमा सामेल नै नभएको व्यक्ति यसरी मारिँदै जानु दुर्भाग्यपूर्ण छ । आकाशमा रकेट पड्किरहेको समयमा हमासका सशस्त्र सेना गाजामा इजरायलले लगाएको तारबार तथा पर्खाललाई तोड्दै भित्र छिरेको दृश्यहरूमा देख्न सकिन्छ ।

इजरायलको घरेलु गुप्तचर निकाय सीन बेट, बाह्य गुप्तचर निकाय मोसाद तथा इजरेली रक्षा बलहरूको शक्ति एवं संयुक्त प्रयासले यसलाई रोक्न सकेन । सीमामा हुनसक्ने संभावित टकराव र भिडन्तलाई मध्येनजर गर्दै इजरायलले उसको नियन्त्रणमा रहेको गाजामा सेन्सर तथा क्यामेरा लगाएको छ । तर केही घण्टामै त्यस्ता प्रविधिले समेत सुइँको नपाउनेगरी हमासका लडाकु बाक्लो सङ्ख्यामा इजरायली भूमिमा प्रवेश गरे । केही हमास लडाकु प्याराग्लाइडरबाट पसेको दृश्य पनि सार्वजनिक भएका छन् । इजरायली सेनाको प्रयासका बाबजदुत हमास इजरायली इलाकाभित्रै प्रवेश गरेर हमला गरेको हो । हमासका लडाकु इजरायलीले लगाएको तारबारलाई काटेर मोटरसाइकलमा भित्र छिरेको दृश्य पनि सार्वजनिक भएका छन् । पाँच वटा मोटरसाइकलमा हमास लडाकु भित्र छिरेको केहीबेरमा त्यहाँ डोजरले तारबार भत्काएको थियो ।त्यहाँबाट प्रवेश गरिसकेपछि बुलेटप्रुफ ज्याकेट लगाएर आठ जना हमासका लडाकु इजरायली सैनिकतर्फ अघि बढ्छन् र इजरायली सैनिकमाथि आक्रमण पनि गर्छन् । हमास लडाकुको आक्रमणको दृश्य हेर्दा उनीहरू तालिमप्राप्त देखिन्छन् ।गाजा क्षेत्रमा सातवटा आधिकारिक क्रसिङ छन् । जसमा ६ वटा इजरायल र एउटा इजिप्टको नियन्त्रणमा छन् । केही घण्टामै हमासका लडाकु ६ वटै क्रसिङमा भेलमा हुन्छन् ।

हमासका लडाकुले गाजालाई पूर्ण रूपमा घेर्न सफल भएका देखिन्छन् । उनीहरूलाई धपाउनका लागि इजरायलले २७ स्थानबाट हमला जारी राखेको छ । यहुदी धर्ममा हप्ताको सातौं दिन अर्थात् शनिबार विश्रामको दिन हुन्छ । अझ यसपटक त यहुदीहरूको पवित्र धार्मिक चाड पनि थियो । परिवारसँग चाड मनाउने तयारी गरिरहँदा इजरायली आकाशमा अप्रत्याशित रूपमा रकेटहरू देखापरे । अझ भनौं, हमला सुरु हुँदा धेरै इजरायली निद्रामा थिए । इजरायलले वर्षौंदेखि आफ्नो रक्षा संयन्त्र गाजा क्षेत्रमा केन्द्रित गरेको छ । ऊसँग विश्वकै खतरा जासुसी संयन्त्र मोसाद छ भने रकेट रोक्नका लागि अत्याधुनिक प्रविधि । विभिन्न तनाव, टकराव र द्वन्द्वकाबीच इजरायल सुरक्षित रहेको धेरैको विश्लेषण थियो । तर हमासले बिजुली गतिमा कसैले नसोचेको हमला गरेपछि इजरायली सुरक्षा संयन्त्रप्रति गम्भीर प्रश्न उठेका छन् । उसको सैन्य रणनीतिमा राम्रै त्रुटि रहेको व्यवहारले नै पुष्टि गरेको छ । मिसाइल आक्रमणलाई निष्प्रभावी बनाउने इजरायली रक्षा प्रणालीले समेत हमासको रकेट हमलालाई रोक्न सकेन । इजरायललाई तर्साउन परेमा हमासले बेलाबखत इजरायली आकाशमा रकेट छोड्थ्यो । यसपटक उसले पाँच हजारभन्दा बढी सङ्ख्यामा रकेट प्रहार ग¥यो । हमासको आक्रमणको रणनीति हेर्दा उसले लामै समयदेखि योजना बनाइरहेको प्रस्ट देृखिन्छ । संसारका कुनै पनि मुद्दा युद्धबाट वारपार भएको दृष्टान्त विरलै छ । बरु वार्ता–संवादबाट युद्धलाई शान्तिमा रूपान्तरण गरिएका उदाहरण प्रशस्त छन । सैन्य शक्तिका हिसाबले बलियो मानिने रुसले त युक्रेनमाथि आक्रमण थालेको दुई वर्ष हुन लाग्दा पनि वारपार कता हुने हो भन्ने यकिन हुन सकेको छैन । त्यसको असर भने प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सिङ्गो विश्वले भोगिरहेको छ । अमेरिकी नेतृत्वको गठबन्धन फौजले अफगानिस्तानमा तालिबानमाथि आक्रमण गरेर परास्त गरेको थियो तर अमेरिकी फौज फिर्ता हुनासाथ तालिबान सत्तामा आएको छ अर्थात् हजारौं मानिसको हताहती र अर्बौं खर्चपछि त्यहाँको स्थिति पूर्ववत् अवस्थामै पुगेको छ । इजरायल र प्यालेस्टाइनले पनि आपसी संघर्षबाट केही पाएका छैनन्, गुमाइरहेका मात्र छन । यसबाट पनि दुवै पक्षले पाठ सिक्न सक्नुपर्छ र वार्ता–संवादमार्फत दीर्घकालीन शान्तिको खोजी गर्नुपर्छ । यसमा विश्व समुदायले पनि दबाब र सहजीकरण गर्न सक्नुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com