ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परिवारको सम्पर्कमा आए दाङका प्रविण डाँगी, अस्पतालमा उपचार हुँदै


ABC NEWS
आश्विन २३, २०८० मंगलबार   १ : ५५   बजे

इजरायलमा रहेका दाङको दंगीशरण गाउँपालिका–३ हेकुलीका प्रविण डाँगी परिवारको सम्पर्कमा आएका छन्। छोरासँगको सम्पर्क टुटेपछि परिवार चिन्तामा थियो।

प्रविणका बुवा निमबहादुर डाँडीले आफूलाई इजरायलबाट छोराको फोन आएको र पुनः सम्पर्क भएको जानकारी दिए। टेलिफोन सम्पर्कका क्रममा प्रविणले आफूलाई गोली लागेको र हाल उपचार भइरहेको जानकारी गराएको निमबहादुरले बताए।

उनले भने, ‘अस्पतालबाट नर्समार्फत छोरासँग पुनः सम्‍पर्क भएको छ। खुट्टामा गोली लागेको र हाल उपचार भइरहेको छोराले जानकारी गराएको छ।’

प्रविण गत भदौ २६ मा इजरायल पुगेका थिए। सुदूरपश्चिम विश्वविद्यालयबाट उत्पादित पहिलो कृषि विज्ञ ९सिलेक्टिभ० टोलीमार्फत ११ महिनाको लागि उनी इजरायल पुगेका हुन्।

हाल प्यालेस्टाइनका हमास विद्रोहीले इजरायलमा आक्रमण गरिरहेका छन्। आक्रमणका क्रममा ठूलो संख्यामा मानिसहरु हताहत भएका समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले सम्प्रेषण गरिरहेका छन्।

हालसम्म इजरायलमा रहेका १३ जना नेपाली घाइते भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। इजरायलस्थित नेपाली दूतावासले आक्रमण प्रभावित क्षेत्रमा बसोबास गरेका नेपालीसँग निकट सम्पर्कमा रहेको जनाउँदै नेपालीको सुरक्षा तथा उद्धारका साथै घाइतेहरूको उपचारका लागि पनि इजरायली अधिकारीहरूसँग सम्पर्क र समन्वय गरिरहेको परराष्ट्रले बताएको छ।

इजरायलको वर्तमान स्थितिलाई दृष्टिगत गरी त्यहाँ सहेका सबै नेपालीलाई सतर्क रहन तथा सम्बद्ध अधिकारीले दिएका सुरक्षा उपायको पालन गर्न सरकारले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

गगन थापाले दिए रवि र रास्वपालाई शुभकामना

रास्वपा महाधिवेशनः उद्घाटनस्थल वरपरको सडकमा गाडी चलाउन रोक

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group