काठमाडौं, २२ असोज । सिद्धि विनायक स्न्याक्स एण्ड नुडल्स प्रालिले नयाँ ब्राण्ड ‘गज्जबको मिठो चाउचाउ’ बजारमा ल्याएको छ। कम्पनीद्वारा उत्पादित गज्जबको पिरो चाउचाउको सफलतापछि कम्पनीले अर्को ब्राण्ड गज्जबको मिठो लिएर आएको हो।
कम्पनीका अनुसार यो गज्जबको मिठो चाउचाउ बजारमा उपलब्ध अन्य चाउचाउभन्दा फरक स्वादमा उपलब्ध रहेको छ। यस चाउचाउमा कम्पनीले सिंगापुरको सिजनिङ प्रयोग भएको बताएको छ।
उपभोक्ताले नयाँ स्वाद लिन सक्ने दाबी पनि कम्पनीको छ। उत्कृष्ट गुणस्तरको चाउचाउ उत्पादन गर्ने उद्देश्यले देशका प्रतिष्ठित उद्योगपतिको नेतृत्वमा स्थापना भएको सिद्धि विनायक स्न्याक्स एण्ड नुडल्स प्रालिले आफ्नो फ्ल्यागसिप ब्राण्ड गज्जबको बजारमा ल्याई आफ्नो उद्यम सुरु गरेको थियो।








प्रतिक्रिया दिनुहोस्