ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको सचिवालयले भन्यो- इजरायली पक्षसँग कुरा गरेर नेपाली विद्यार्थीहरुलाई सुरक्षित स्थानमा लगिँदैछ


एबीसी न्यूज

काठमाडौं, २२ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा हमासको आक्रमणपछि त्यहाँको अवस्था बुझ्न निर्देशन दिएका छन् । घाइतेको उपचार, हराएकाको खोजी, घटनामा परि निधन हुनु भएकाहरुको शवको पहिचान र नेपाल ल्याउन पहल गर्न निर्देशन दिएका हुन् ।

घटनास्थलका बंकरहरुमा भएका नेपाली नागरिक विद्यार्थी समेत हरुको उद्धार र सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रधानमन्त्रीले निर्देशन गरेको प्रधानमन्त्रीको स्वकिय सचिव रमेश मल्लले बताए । उनीहरुलाई नेपाल ल्याउने व्यवस्था गर्ने विषयमा रातदिन अवस्थाको जानकारी लिने भनेका छन् ।

इजरायलमा रहेका नेपालीको उद्धारको लागि परराष्ट्रमन्त्रीको नेतृत्वमा र्यापिड एक्सन टोली गठन गरेको बताए ।

उनले भने, ‘इजरायली पक्षसँग कुरा गरि आज नै युद्ध क्षेत्रका विद्यार्थीहरुलाई सुरक्षित स्थानमा लगिँदैछ । हमास समूह लुकिछिपी बसेको आशङ्का गरिएको क्षेत्रमा विद्यार्थी बाहिर निकाल्दा सुरक्षामा खतरा हुने भन्दै इजरायल पक्षले नमानेकोले बंकरको विद्यार्थीलाई निकाल्न केही ढिलाई भएको हो ।’

उनले आफू पनि बङ्करमा भएका सुदुरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरुसँग निरन्तर सम्पर्कमा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको तर्फबाट उद्धारको लागि सबै पक्षसँग काम गरिरहेको बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com