काठमाडौं, २२ असोज । इजरायलको बंकरमा रहेका नेपाली विद्यार्थीले छिटोभन्दा छिटो उद्दार गरिदिन सरकारसँग आग्रह गरेका छन् ।
उनीहरुले बंकरबाट एक भिडियो सन्देशमार्फत् यस्तो आग्रह गरेका हुन् ।
भिडियोमा विद्यार्थी विपिन सुवेदीले भनेका छन्, “मृत्यु भएका १० जनाको हारगुहार सम्झिरहेका छौँ । हामी बंकरमा पाँच जना छौँ । घरकालाई पीडा हुन्छ भनेर भिडियो नबनाउने भनेका थियौँ । तर अहिले घरभन्दा माथि उठेर बनायौँ । हामी जहाँ बसेका छौँ यो बंकर हो । तीनदिन भयो यहाँ बसेको ।
दूतावासले केही गर्छ कि भनेर पर्खिएर बसेका छौँ । बंकरमा पनि मिसाइल खस्छ कि भन्ने अवस्था छ । १० जना गुमाइसक्यौँ । १० जनाले गरेको हारगुहार याद आइरहेको छ । बंकरमा त बचेका छौ भन्ने भएको होला । हामीलाई पनि क्रुरतापूर्वक मार्यो भने ।








प्रतिक्रिया दिनुहोस्