काठमाडौ २२ असोज । तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।मनसुनी प्रणाली कमजोर बनेकाले ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद्ले जानकारी दिएका छन । तर, मनसुन बाहिरी नसकेकाले सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्र बाहेकका ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भइरहेको छ ।गण्डकी, बाग्मती र कोशीको पहाडी क्षेत्रका एक दुई ठाउँमा हल्का पानी परिरहेको पनि मौसमविद् राजु प्रधानांगले जानकारी दिए
। उनका अनुसार कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका थोरै र लुम्बिनी प्रदेशको एक वा दुई ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।मनसुन बाहिरिसकेको सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम भने सफा छ । नेपालबाट पूर्णरुपमा मनसुन बाहिरिन अझै दुई तीन दिन लाग्ने अनुमान रहेको मौसमविद्ले बताएका छन् ।







प्रतिक्रिया दिनुहोस्