ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शताब्दी पुरानो तुस, जसले छेडिरहेछ इजरायल-हमास युद्ध


एबीसी न्यूज

काठमाडौं, २१ असोज । प्यालेस्टाइनको सशस्त्र समूह हमासले अचानक आक्रमण गरेपछि इजरायलले प्रत्याक्रमण थालेको छ । जसमा परेर आज आइतबार दिउँसोसम्ममा ६०० जना भन्दा धेरै नागरिकको मृत्यु भइसकेको छ ।

हमासले गरेको आक्रमणमा परेर इजरायलमा ३०० जनाको मृत्यु भएको हो । इजरायली सेनाले गरेको हवाई आक्रमणमा परेर गाजा क्षेत्रमा ३१२ जना मारिएका प्यालेस्टाइनको दाबी छ ।

हमास विद्रोहीहरुले १०० जनाभन्दा धेरै इजरायलीलाई बन्धक बनाएको आशंका गरिएको बीबीसीले जनाएको छ ।

दुई पक्षबीच अहिले पनि लडाईं जारी छ । इजरायल र हमासबीचको यो युद्ध नयाँ भने होइन । उनीहरुबीच सन् १९९३ यता बारम्बार युद्ध हुँदै आएको छ । शताब्दी पुरानो कारणले इजरायल र प्यालेस्टाइनको सशस्त्र समूहबीच बारम्बार युद्ध चल्छ ।

 

मध्यपूर्वमा ओट्टोमान साम्राज्य थियो । त्यसका सम्राटलाई पहिलो विश्वयुद्धमा पराजित गर्दै बेलायतले प्यालेस्टाइन क्षेत्रलाई आफ्नो नियन्त्रणमा लियो ।

त्यसताका त्यस क्षेत्रमा अरबीहरुको बाहुल्य थियो भने यहुदीको संख्या निकै न्यून । बेलायतले यहुदीका लागि प्यालेस्टाइन क्षेत्रमा छुट्टै राष्ट्रिय आवास बनायो । बेलायतको यो कदमसँगै त्यहाँ दुई समुदायबीच तनाव सुरु भएको हो ।

यहुदीहरूको लागि त्यो स्थान पुर्ख्यौली थियो । तर अरबीहरुले पनि त्यस भूमिमा आफ्नो दाबी छोडेका थिएनन् ।

सन् १९२० देखि १९५० को बीचमा त्यहाँ यहुदीहरु आउने क्रम बढ्यो । दोस्रो विश्वयुद्धको नरसंहारपछि युरोपमा उत्पीडनमा परेका यहुदीहरु मातृभूमि खोज्दै त्यहाँ पुगे ।

सन् १९४७ मा संयुक्त राष्ट्रसंघमा प्यालेस्टाइनलाई यहुदी र अरबी राज्य बनाएर दुई भागमा विभाजन गर्ने र जेरुसेलमलाई यहुदी र अरबीमा राज्यमा नराखी छुट्टै अन्तर्राष्ट्रिय शहर बनाउने प्रस्तावमा मतदान भयो । यो प्रस्तावको समर्थनमा यहुदी नेताहरु थिए । तर अरबी पक्ष यसको विपक्षमा उभियो ।

प्रस्तावको विपक्षमा रहेका अरबी समूहले सन् १९४८, ६ मार्चमा यहुदी लडाकुविरुद्ध हमला गरे । यो नै अरबी र यहुदीबीच द्वन्द्वको पहिलो सुरुवात थियो ।

इजरायलको निर्माण र प्रलय

सन् १९४८ मा बेलायतीहरुले समस्या समाधान गर्न नसकेपछि यहुदीहरुले इजरायल राज्य बनाउने घोषणा गरे । प्यालेस्टाइनहरुले त्यसको प्रतिरोध गरे । यसको विरोधमा छिमेकी राष्ट्रहरुबाट समेत प्यालेस्टाइनको हमलामा सहयोग भयो । हमला सुरु भएपछि हजारौं प्यालेस्टाइनहरु आफ्नो भूमि छोडेर भागे ।

युद्ध शान्तिमा परिणत हुँदाको बखतसम्म प्यालेस्टाइनको अधिकांश भूभाग इजरायलले आफ्नो नियन्त्रणमा लिएको थियो । जोर्डनले वेस्ट बैङ्क र इजिप्टले गाजा कब्जा गरिसकेको स्थिति थियो ।

जेरुसेलम पनि पश्चिमी क्षेत्रमा इजरायली र पूर्वी क्षेत्रमा जोर्डनका सुरक्षाकर्मीले घेरिएको थियो । दशकौंसम्म त्यस क्षेत्रमा युद्ध जारी रह्यो । सन् १९६७ मा इजरायलले पूर्वी जेरूसेलम तथा वेस्ट बैंक मात्रै नभएर सिरियाको गोलन क्षेत्र र गाजा तथा इजिप्टको सिनाय प्रायद्वीपको केही भूभाग कब्जा गर्‍यो ।

प्यालेस्टाइन शरणार्थी तथा तीनका आफन्तहरु गाजा तथा वेस्टबैंकमा बस्छन् । कतिपयहरु जोर्डन, सिरिया र लेबनानमा पनि बस्ने गरेका छन् ।

इजरायलले तिनीहरुलाई आफ्नो घर फिर्तीको लागि अनुमति दिएको छैन । उनीहरुलाई फिर्ताका लागि अनुमति दिएमा यहुदी राज्यमा संकट उत्पन्न हुने तर्क इजरायलले गरिरहेको छ ।

वेस्टबैंक अझै पनि इजरायलकै कब्जामा छ । गाजाबाट इजरायल पछि हटे पनि संयुक्त राष्ट्रसंघले त्यसलाई अझै पनि नियन्त्रित इलाका मान्छ । इजरायलले जेरुसेलमको सबै भूभाग आफ्नो रहेको दाबी गर्छ ।

प्यालेस्टाइनले पूर्वी जेरूसेलम प्यालेस्टाइनको भविष्यको राजधानी रहेको दावा गर्छ । जेरूसेलमलाई अमेरिकाले मात्रै इजरायलको राजधीनका रुपमा मान्छ ।

५० वर्ष यतादेखि हालसम्म त्यहाँ ६ लाख भन्दा बढी यहुदीको बसोबास छ । अन्तर्राष्ट्रिय कानुन अनुसार विवादित त्यस्ता इलाकामा बस्ती बसाउन पाइँदैन । राष्ट्रसंघको सुरक्षा परिषदमा यस विषयमा सवाल उठे पनि इजरायलले यस्ता प्रश्नलाई अस्वीकार गर्दै आएको छ।

के हो हमास ?

हमास प्यालेस्टाइनको सबैभन्दा ठूलो सशस्त्र समूह हो । इस्लाममा हमासको अर्थ प्रतिरोधको आन्दोलन हुन्छ । यो समूह सन् १९८८ मा खडा भएको थियो ।

इजरायलले वेस्टबैंक तथा गाजा स्ट्रिपमा कब्जा गरेपछि त्यसको प्रतिरोधका लागि यो समूह खडा भएको हो । इजरायललाई ध्वस्त बनाउनु नै यो समूहको प्रतिबद्धता हो ।

हमास दुईवटा उद्देश्यका साथ गठन गरिएको थियो ।

पहिलो( इजरायल विरुद्ध सशस्त्र संघर्ष गर्न

र दोस्रो( सामाजिक कल्याणका कार्यक्रम सञ्चालन गर्न ।

हमासले सैन्य रुपमा राजनीतिक गतिविधिका लागि इज्जेदिन अल कसिम ब्रिगेड गठन गरेको थियो ।

गाजाबाट इजरायली सेना फिर्तीका लागि हमास निकै लड्यो ।

सन् २००५ मा इजरायलले त्यहाँबाट सेना फिर्ता गरेसँगै हमास प्यालेस्टाइनको राजनीतिक प्रक्रियामा सामेल भयो ।

सन् २००६ मा त्यहाँको संसदीय निर्वाचनमा हमास विजयी भयो । चुनावमा विजयी भएसँगै हमासले आन्दोलनका विरोधी राष्ट्रपति महम्मुद अब्बासलाई वैधानिक रुपमै सत्ताच्युत गराएर गाजामा आफ्नो शक्ति विस्तार गर्‍यो ।

हमासले गाजामा आफ्नो शक्ति फैलाएसँगै त्यस समूहले इजरायलसँगै चारवटा द्वन्द्वको सामना गरेको छ ।

इजिप्टले पनि हमासलाई एक्ल्याउन र उसको हमला रोक्नका लागि कडा नाकाबन्दी गर्दै इजरायलको साथ दिइरहेको छ ।

हमासलाई पश्चिमा गठबन्धनमा आवद्ध मुलुकले आतंककारी भन्छन् । उनीहरु आफूलाई स्वतन्त्रताको लागि लड्ने समूह बताउँछन् ।

सन् १९९० मा प्यालेस्टाइन समूहले ओस्लो शान्ति सम्झौतालाई नमान्ने घोषणा गर्‍यो । अधिकांश प्यालेस्टाइनको प्रतिनिधित्व गर्ने प्यालेस्टाइन मुक्ति संस्था र इजरायलबीचको सम्झौताको विरुद्धमा एक समूह खडा भयो ।

हमासविरुद्ध प्यालेस्टाइन अधिकारीको कठोर नीति र इजरायली अपरेशनका बाबजुद यो समूह डगमगाएन । त्यस समूहले आत्मघाती हमलाको बाटो रोज्यो ।

यस सम्झौताको विरोधमा हमासले इजरायलका विभिन्न ठाउँमा दर्जनौं आत्मघाती हमला गरायो । सन् २००० पछि हमास झन् शक्तिशाली हुँदै आयो ।

प्यालेस्टाइन सरकारसँग असन्तुष्टहरुलाई सेवा दिन उसले अस्पताल र स्कुल सञ्चालनमा ल्यायो । विस्तारै, हमासले आफ्नो युद्ध नीति पनि परिवर्तन गर्न थाल्यो । आत्मघाती विस्फोटमा आफ्नै धेरै क्षति बढेको र त्यसका बाबजुद पनि इजरायलले वेस्टबैंक नछोडेपछि उनीहरुले केही नीति परिवर्तन गरे ।

सन् २००६ को निर्वाचनमा पनि हमासले संसदमा बहुमत ल्यायो । हमासले प्यालेस्टाइनसँग विगतका सरकारले गरेको सबै सम्झौता खारेज हुने घोषणा मात्रै गरेन इजरायलले प्यालेस्टाइन भूमि हिंसात्मक ढंगले लिन खोजेको वैधता कहिल्यै स्वीकार्य नहुने बतायो ।

हमासको वडापत्र १९८८

हमासको वडापत्रले प्यालेस्टाइनलाई वर्तमान इजरायलसम्म मानेको छ । त्यति मात्र नभएर समग्र भूमि इस्लामिक हुने र यहुदी पक्षसँग भएका कुनै पनि शान्ति सम्झौता नमान्ने त्यसमा लेखिएको छ ।

सन् १९८८ मा बनाइएको त्यस वडापत्र यहुदीविरुद्ध निकै निर्मम थियो । सन् २०१७ मा आएर त्यस वडापत्रको भाषा केही नरम भयो ।

विगतमा इजरायलको अस्तित्व नै त्यस दस्तावेजले स्वीकार गरेको थिएन । तर अहिले उसले इजरायलको अस्तित्व दस्तावेजमा स्वीकार गरेको छ ।

हमासको दस्तावेजले भन्छ, ‘हाम्रो संघर्ष यहुदी वर्ग वा समुदायप्रति कदापी होइन । हाम्रो संघर्ष इजरायलको विस्तारवादी, विभेदकारी र आक्रामक विध्वंसको प्रतिरोधका लागि हो ।’

इजरायलविरुद्ध हमास कठोर रहेकाले उसले पश्चिमा र त्यसका सहयोगी राष्ट्रबाट आर्थिकसँगै कूटनीतिक प्रतिबन्ध व्यहोरिरहेको छ । सन् २००७ मा हमासले गाजाबाट फताहका सशस्त्र समूहलाई धपाएसँगै इजरायलले नाकाबन्दी थप कडा पारेको थियो।

गाजा पुनर्निर्माणको द्विविधा

इजरायल र हमासबीचको सन् २०१४ मा भएको युद्धमा २ हजार २५१ प्यालेस्टाइनी मारिएका थिए । त्यसमा १४६२ निहत्था नागरिक थिए ।

इजरायलीतर्फ ६७ सैनिक र ६ निहत्था नागरिक मारिएका थिए । सन् २०२१ मा पनि ११ दिन लामो संघर्ष चलेको थियो । जसमा २५६ जना मारिएका थिए । गाजा क्षेत्रमा बारम्बार हुने रकेट हमला इजरायलको मुख्य सुरक्षा चुनौती हो ।

हमास र फतहको मेलमिलापको प्रयास सफल नहुँदा गाजा पुनर्निर्माणमा द्विविधा उत्पन्न भइरहेको छ ।

२००६ यता प्यालेस्टाइनमा संसदीय निर्वाचन हुनसकेको छैन । सन् २०२१ मा घोषणा भएको चुनावमा हमास लड्न तम्तयार थियो । तर राष्ट्रपति अब्बासले अन्तिम समयमा चुनाव स्थगन गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com