ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री: डिजेल र पेट्रोलको आयात कम गर्न सुरु भइसक्यो


एबीसी न्यूज

काठमाडौं, २१ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन, नेपाल र भारतका बीचमा विकासको त्रिदेशीय साझेदारी हुन जरुरी रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘बीआरआईको एक दशक स् व्यापार, लगानी र सम्पर्क सञ्जाल’ विषयक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

“चीन, नेपाल र भारतको बीचमा एउटा त्रिदेशीय साझेदारी विकासको हुन जरुरी छ । नेपाल अलिकति सम्पन्न नभईकन हाम्रो कुराको सुनुवाइ शक्तिशाली देशलाई गर्न गाह्रो हुन्छ,” उनले भने, “चीनका राष्ट्रपति सी चिनफिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगै बसेर यही प्रश्न यसरी नै, गर्न जरुरी छ– के नेपालजस्तो आर्थिक रूपले पछि परेको देशको कुरा तपाईंहरूले गम्भीर रूपले सुन्न तयार हुनुहुन्छ रु हामीले भन्दै गरेको त्रिदेशीय साझेदारीको रणनीतिअन्तर्गत गएर के नेपाललाई एउटा ठूला शक्ति राष्ट्रहरू विकासको एउटा तीव्र गतिमा गएका देशहरूबाट लाभ लिनको लागि नेपालको कुराको सुनुवाइ गर्न तयार हुनुहुन्छ रु भनेकै छु । उहाँहरूले सैद्धान्तिक रूपमा यो कुरा सही छ भन्नुभएको पनि हिजो मात्रै हो जस्तो लाग्छ ।”

उनले विद्युत् व्यापार नेपालका निम्ति पहिलो प्राथमिकता नरहेको बताए । विद्युत् उत्पादनको क्षमता विकास गरी विद्युतीय सामग्रीको प्रयोग बढाउनेतर्फ सरकारले काम गरिरहेको उनले उल्लेख गरे । डिजेल र पेट्रोलको आयात कम गर्न सुरु भइसकेको उनको भनाइ छ ।

“नेपाल सबैभन्दा पहिला त अर्थतन्त्रमा आत्मनिर्भर हुनुपर्छ । बलियो हुनुपर्छ । त्यसका निम्ति हामीले हाम्रा प्राकृतिक साधनस्रोतको प्रयोग गर्नुपर्छ । अहिले बिजुलीको पनि कुरा आयो, हाम्रो कार्यक्रम देशभित्रै बजुली खपत गर्ने नै हो ।

विद्युत्को व्यापार गर्ने हाम्रो पहिलो प्राथमिकता होइन,” उनले भने, “तर, हाम्रो क्यापासिटी अहिले विद्युत् खपत गर्ने कति छ रु र, हामीले त्यसलाई कसरी विकास गर्ने हो रु अहिले नै हेर्ने हो भने हामी ईभेइकल भनेर जसरी हामी त्यसलाई प्रोत्साहन गर्दै छौँ र त्यसले डिजेल र पेट्रोलको आयात कम गर्न सुरु भइ नै सकेको छ । सरकारको प्राथमिकता यतापट्टि छ ।”

प्रधानमन्त्री प्रचण्डले बीआरआईमा आधारित परियोजना अगाडि बढाउन नेपाल प्रतिबद्ध रहेको पनि बताए ।

नेपाललाई पूर्वाधार विकासमा ठूलो लगानीको खाँचो रहेको र त्यसका निम्ति बाह्य पुँजी आवश्यक हुने उनले उल्लेख गरे ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com