ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलबीचको युद्ध नरोकिँदा, गाजापट्टीमा घाइते अवस्थामा रहेका नेपालीको उद्धारमा कठिनाइ भएको छ ।


एबीसी न्यूज

काठमाडौं, २१ असोज ।  प्यालेस्टाइनको चरमपन्थी समूह हमास र इजरायलबीचको युद्ध नरोकिँदा गाजापट्टीमा घाइते अवस्थामा रहेका नेपालीको उद्धारमा कठिनाइ भएको छ ।

हमास र इजरायली सेनाबीच गोली हानाहानको अवस्था रहेकोले त्यहाँ रहेका घाइते नेपालीको उद्धार गर्न नसकिएको हो ।

“अहिले हामी जान सक्ने अवस्थामा छैनौँ । सकेसम्म नेपालीको सूचना संकलन गर्ने कार्य गरिरहेका छौँ,” इजरायलस्थित नेपाली दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता अर्जुन घिमिरेले  भने, “इजरायली सेनाले उक्त स्थानलाई नियन्त्रणमा लिइसकेको छैन । नियन्त्रणमा लिएपछि उद्धारसम्बन्धी कार्य अघि अढ्छ ।”

हमासले शनिबार एक्कासी इजरायलमाथि आक्रमण सुरु गरेको थियो । हमासले हजारौं रकेट इजरायली भूमिमा प्रहार गरेको थियो ।

गाजाँपट्टीमा हमासको आक्रमणमा १७ जना नेपाली परेका थिए । उनीहरूमध्ये ९ जना घाइते भएका थिए । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय केही मिडियाहरूका अनुसार १७ जना नेपालीलाई हमासले केही समय आफूसँगै राखेको र पछि छोडिदिएका थिए । दुई पक्षबीच युद्ध नरोकिँदा अहिले ती नेपालीहरूको उद्धार गर्न सकिएको छैन ।

हमास र इजरायली सेनाबीच गोलाबारी चलिरहेका कारण गाजापट्टीमा जान सक्ने अवस्था छैन । गाजापट्टीमा कति जना नेपाली छन् र कस्तो अवस्थामा छन् भन्ने पनि केही खुलेको छैन ।

युद्ध चलिरहेको क्षेत्रमा अधिकांश मानिस बंकर भित्र बसेको र बंकरमा बस्दा मोबाइलले काम नगरेका कारण पनि धेरैसँग सम्पर्क हुन नसकेको भनाइ नेपाली दूतावासको छ ।

युद्धग्रस्त क्षेत्रमा रहका नेपाली नागरिकको सुरक्षाको लागि आवश्यक कदम चाल्न नेपाली दूतावासले इजरायलको विदेश मन्त्रालयलाई भनिसकेको छ ।

गैर–आवासीय नेपाली संघ (एनआरएनए) इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीको उद्धार कार्य आइतबार हुनसक्ने बताएका छन् ।

“एनआरएनए एनसीसी इजरायलले दक्षिणी भाग युद्ध प्रभावित क्षेत्र जहाँ हिजो (शनिबार) हाम्रा विद्यार्थी भाइहरूले क्षति व्यहोर्नु परेको छ त्यस क्षेत्रमा बसोवास गरिरहेका नेपालीहरूलाई यथासक्य सुरक्षित क्षेत्रतिर सार्न विशेष पहल गर्न इजरायलस्थित नेपाली राजदूतावासलाई दबाब सृजना गरिरहेका छौँ । सम्भवत आज (आइतबार) बिहानैदेखि त्यसको सुरुवात हुनेमा विश्वस्त छु,” उनले फेसबुकमा लेखेका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार हमासको आक्रमणमा परी २५० जना इजरायली नगारिकको मृत्यु भएको छ । एक हजारभन्दा बढी इजरायली घाइते भएका छन् ।

हमासले शनिबार बिहान अचानक इजरायली भू–भागमा आक्रमण गरेको थियो । हमासले २० मिनेटमा ५ हजारभन्दा बढी रकेट इजरायलमा प्रहार गरेको थियो ।

रकेट आक्रमणसँगै हमासका लडाकूहरू हतियारसहित इजरायली भूमिमा प्रवेश गरेका थिए । बीबीसीका अनुसार हमास र इजयरायली सेनाबीच हाल २२ ठाउँमा भिडन्त भइरहेको छ ।

हमासले केही इजरायली सेनालाई पक्राउ गरि बन्दी बनाएको दाबी समेत गरेको छ । इजरायलको सेनाले पनि उक्त दाबीलाई स्वीकार गरेको छ तर कति सेना हमासको कब्जामा छन् भन्ने खुलाएको छैन ।

इजरायलले गरेको जवाफी आक्रमणमा २३० जना प्यालेस्टाइन नागरिकको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । एक हजारभन्दा बढी प्यालेस्टाइनी घाइते भएका छन् ।

इजरायलस्थित नेपाली दूतावासका अनुसार हाल इजरायलमा चार हजारदेखि पाँच हजारसम्म नेपाली रहेको अनुमान छ । इजरायल जाने अधिकांश नेपाली त्यहाँ केयर टेकरको रुपमा काम गर्ने गर्छन् ।

नेपाली दूतावासका अनुसार इजरायलमा पढ्न जाने नेपालीको संख्या सानो छ । नेपाली विद्यार्थी कृषि विषयमा ११ महिने इन्टर्नसिपको लागि इजरायल जाने गर्छन् । इजरायलका दुई वटा विश्वविद्यालयले करिव एक/एक सय विद्यार्थीलाई ११ महिने इन्टर्नसिप गराउने गर्छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com