काठमाडौ असोज २१ । सुन चाँदीको भाउ आज बढेको छ । सुनको भाउ तोलामा तीन सय रुपैयाँले र चाँदी तोलामा २० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज सुनको भाउ तोलामा आज एक लाख सात हजार ६ सय रुपैयाँ छ ।
अस्ति तोलाको एक लाख सात हजार तीन सय रुपैयाँ थियो । यस्तै, चाँदीको भाउ आज तोलामा एक हजार तीन सय ३० रुपैयाँ रहेको महासंघले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्