ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हातले थिचेरमात्रै हुँदैन, अर्थतन्त्रमा रक्तस्राव भइरहेको छ: डा. विमल कोइराला पूर्व मुख्यसचिव


एबीसी न्यूज

काठमाडौं, १९ असोज । नेपालको अर्थतन्त्र संकटकै अवस्थामा छ । नेपालको समष्टिगत अर्थ संरचना बीचमा बिग्रिइसकेको थियो । तर अझै धेरै खलबलिएको भने देखिँदैन । समष्टिगत अर्थ संरचना भत्कन दिइएन भने अनुकूल समयमा गति लिन सक्छ ।

पहिले एकपल्ट कस्तो भयो भने हाम्रो बाह्य क्षेत्र र आन्तरिक दुवै क्षेत्र कमजोर भए ।

भुक्तानी सन्तुलन नकारात्मक, चालु खाता पनि त्यस्तै छ । आयात बढेको छ, निर्यात घटेको छ । रेमिट्यान्सको गति पनि घटेको छ । त्यसले थाम्न सकेन ।

कुनै पनि क्षेत्र राम्रो भएन । आन्तरिकतर्फ राजश्व घटिरहेको छ साधारण खर्च बेपत्ता बढेको छ ।

दुवै क्षेत्र खराब भएपछि भुक्तानी सन्तुलन ठीक ठाउँमा ल्याउन आयातमा कडाई गरियो । त्यसपछि भुक्तानी सन्तुलनमा अनुकूल प्रभाव पर्‍यो । भन्सार घट्यो, राजश्वले साधारण खर्च पनि धान्न सकेन ।

अर्थतन्त्र अंग्रेजीको ‘के’ आकारको भयो ।

एउटा भुजा बाह्य क्षेत्र ठीकै देखिएको छ तर अर्को भुजा रोजगारी, राजश्व, अर्थतन्त्रका अरु अवयव तल झरेको अवस्थामा पुग्यो । अब यसलाई ‘भी’ आकारमा लैजानुपर्छ । त्यो आकारमा नलैजाँदासम्म समस्या पर्छन् नै ।

त्यसलाई कसरी सन्तुलनमा ल्याउनु त ?

यसका लागि त उत्पादन नै बढाउनुपर्छ । उत्पादन नबढाई सुखै छैन । उत्पादन बढ्यो भनेमात्रै अर्थतन्त्रका सबै अवयव चल्ने हुन् । उत्पादन बढाउने खालको एउटा ‘मिड टर्म पोलिसी’मा जानुपर्ने हो ।

मैले यो कुरा अर्थमन्त्रीलाई पनि भनेको थिएँ । हामी चाहिँ नाथ्री फुटेर रक्तश्राव भइरहेको छ, एकैछिन थुन्ने र बन्द भएपछि छाडेका छौँ । अर्थतन्त्रमा त्यस्तै रक्तस्राव भइरहेको छ हातले थुनेर मात्रै हुँदैन । हामीले त्यही काम गरिरहेका छौँ ।

दीर्घकालीन बन्द गराउने उपाय सोचेनौँ ।

हामीले पहिलो त्रैमासिकमै ८० अर्ब आन्तरिक श्रण उठाइरहेका छौँ । कर्मचारीलाई तलब खुवाउने राजश्व उठेको छैन । कर्मचारीलाई दसैँमा तलब कसरी खुवाउने भन्ने अवस्था आइसकेको छ ।

यसरी कतिन्जेल धान्न सक्छौँ । अप्ठेरै परेको छ भने जनतालाई पनि भन्नुपर्‍यो ।

मन्त्रीले सबै बिग्रिएको थियो मैले सपारेँ भन्नुभयो, त्यो झुट हो । त्यसरी भन्नुहुँदैन । अर्थतन्त्र नाजुक अवस्थामा छ । हामीले किन साधारण खर्च घटाउन कठोर कदम नचाल्ने रु दुई वर्ष लोक सेवाको परीक्षा किन बन्द नगर्ने रु किन भन्न नसक्ने जनतालाई ?

दुई वर्ष विश्व बैंक र एसियाली विकास बैंकको छलफलबाहेक सरकारी खर्चमा विदेश नजाने भन्ने निर्णय गर्न किन सक्दैनौँ रु सरकारी गाडी खरिद किन रोक्न सक्दैनौँ रु अनावश्यक कार्यालय किन कटौति नगर्ने रु
हामीसँग दुईवटा मात्रै उपाय छ । कि त राजश्व बेपत्ता बढाउनुपर्छ । कि साधारण खर्च घटाउनुपर्छ ।

मुलुकको स्थिति कस्तो पुगिसकेको छ भने दक्षिण एसियामा सबैभन्दा बढी कर हाम्रोमै छ । विकास खर्च कटौती गर्न सकिँदैन । जनता नआत्तिने गरी भन्न अब भन्न सक्नैपर्छ ।

रेमिट्यान्स भित्रिएको बेला पनि त्रास देखिएको हो ?

रेमिट्यान्स पनि उत्पादनशील क्षेत्रमा लगानी भएको छैन । विदेशमा कमाएर पठाएको छ भनी यहाँ खर्च गर्ने प्रवृत्ति पनि बढेको छ । उपभोग्य सामाग्रीमै ९१ प्रतिशत खर्च हुन्छ । लगानीयोग्य रकम भनेको  प्रतिशतको हाराहारीमा हो । त्यसलाई रोकेर १५ प्रतिशतसम्म उत्पादनशील क्षेत्रमा लगानी गर्न सक्यौँ भने त फरक परिहाल्छ नि ।

सजिलो पैसा आउन्जेल सरकार कठोर नीतिमा जाँदैन । खान छैन भने पटुका कस्नैपर्छ । कठोर आर्थिक नीति दुःख पर्दा आउने हो तर हामी बीचको अवस्थामा छौँ । हुन त, अर्थमन्त्रीले अर्थतन्त्रलाई स्थिरतामा ल्याउँछु भन्नुभएको छ । कठोरतापूर्वक खर्च नियन्त्रण गरेर पुँजीगत खर्च बढाइयो भने नेपालको अर्थतन्त्र सुध्रिन्छ । सुध्रिन लाग्यो भने धेरै बेर लाग्दैन ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com