ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यायाधीश शर्माको इजलासमा, ‘रिगल’को कैद मिनाहा गर्ने निर्णयविरुद्धको रिट:


एबीसी न्यूज

काठमाडौं, १८ असोज । बाँकेको नेपालगन्जका चेतन मानन्धरको हत्यारा रिगल भनिने योग ढकालको कैद मिनाहा गर्ने निर्णयविरुद्धको रिट बिहीबार सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको छ ।

नेपालगन्जको धम्बोजी चोकमा रिगलले खुँडा प्रहार हत्या गरेका चेतनकी श्रीमती भारती मानन्धर ९शेर्पा०ले कैद मिनाहाको निर्णयविरुद्ध यही असोज १४ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

सरकारले संविधान दिवसका अवसरमा असोज ३ गते रिगलसहित ६७० जनाको कैद मिनाहा दिने निर्णय गरेको थियो । त्यसविरुद्ध भारतीले रिट दायर गरेकी हुन् । भारतीले रिटमा रिगलको कैद मिनाहा गर्ने निर्णय बदर हुनुपर्ने माग गरेकी छन् ।

उक्त रिटमा यसअघि दुईपटक पेसी सारिएको थियो । भारतीको रिट शर्माको इजलासमा आज १६औँ नम्बर त मा परेको छ ।

०७२ असार २८ गते रिगलले खुँडा प्रहार गर्दा चेतनको मृत्यु भएको थियो । सरकारले पुरानो मुलुकी ऐनानुसार ४० प्रतिशत कैद भुक्तान गरेकालाई मिनाहा दिने व्यवस्था टेकेर रिगललाई उन्मुक्ति दिएको थियो । कैद मिनाहा भएसँगै रिगललाई लिन गाडीको लावालस्करसहित पुगेको, सार्वजनिक कार्यक्रममा रिगलले सम्बोधन गरेको लगायत गतिविधि सामाजिक सञ्जालमा ‘भाइरल’ भएको थियो ।

जेल जानुअघि रिगल नेपाली कांग्रेसनिकट तरुण दलका क्षेत्रीय अध्यक्ष थिए । संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले रिगलको बाँकी कैद सजाय मिनाहा गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com