ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी सचिव आचार्य अस्वस्थ, चल्न छाड्यो शरीरको दाहिने पाटो


एबीसी न्यूज

काठमाडौं, १७ असोज । नेकपा माओवादी केन्द्र का सचिव डिलाराम आचार्य अचानक अस्वस्थ भएका छन्।

माओवादी सुदूरपश्चिम इन्चार्जसमेत रहेका उनी तीन महिने पार्टी रुपान्तरण अभियान लिएर अछाम पुगेका बेला गम्भीर अस्वस्थ भएका हुन्।

अछामको समीक्षा बैठकमा सहभागी हुन पुगेका बेला अचानक अस्वस्थ भएपछि उनलाई स्थानीय बयलपाटा अस्पतालमा उपचारपछि हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको माओवादी सुदूरपश्चिमका सचिव जनक बुढाले जानकारी दिए।

‘प्यारालाइसिस जस्तो समस्या देखियो, कार्यक्रममा सहभागी हुन जाँदा बोल्न सक्नु भएन, एक्कासि स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नेपालगञ्ज लगिएको छ,’ उनले भने।

जनतासँग माओवादी, विशेष रुपान्तरण अभियानुअन्तर्गत माओवादी नेता खगराज भट्ट र सुदूरपश्चिम इन्चार्ज आचार्य जिल्ला जिल्लामा व्यस्त थिए।

अभियान सुरु भएकोा महिना दिनबढी भएकाले उनीहरु जिल्ला जिल्ला पुगेर अभियानको आवधिक समीक्षा गर्दैथिए।

अछामको रामारोशनमा माओवादीको जनतासँग माओवादी, विशेष रुपान्तरण अभियानको आवधिक समीक्षा कार्यक्रम राखिएको थियो।

अस्वस्थ रहेका आचार्य बोल्न सक्दैनन् भने उनको शरीरको दाहिने भाग नचल्ने भएको छ।

अहिले उनको नेपालगञ्जमा उपचार भइरहेको माओवादी स्थायी समिति सदस्य खगराज भट्टले बताए। तर त्यहाँबाट पनि आचार्यलाई तत्काल काठमाडौं लैजान डाक्टरहरुले सुझाएको भट्टले बताए।

बुधबार बिहान ६ बजे एक्कासि बोली बन्द भएर शरीरको दाहिने भाग नचलेपछि बयलपाटा अस्पतालमा सामान्य उपचार गरेर सेनाको हेलिकोप्टरबाट नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएको हो।

त्यहाँका पनि डाक्टरले तत्काल उपचार सम्भव नभएको बताएकाले उनलाई काठमाडौं पठाउने तयारी भइरहेको नेता भट्टले बताए। अर्घाखाँचीका स्थायी बासिन्दा आचार्यलाई अहिले काठमाडौं ल्याउन लागिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com