काठमाडौ १७ अुसोज । देशका केही ठाउँमा गएरातिदेखि नै लगातार झरी परिरहेको छ । बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा रातिदेखिको झरी रोकिएको छैन ।काठमाण्डौ उपत्यकामा पनि रातिदेखिको झरी रोकिएको छैन ।
आज पनि उपत्यकासहित देशका धेरैजसो ठाउँमा झरी पर्ने मौसमविद् रोजन लामिछानेले जानकारी दिए।उनका अनुसार आज कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।गएराति पाल्पा र आसपासका क्षेत्रमा धेरै वर्षा भएको छ । ती क्षेत्रमा बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । भोलिदेखि भने क्रमिक रुपमा खुल्दै जाने मौसमविद्को अनुमान छ ।
यसपालि मनसुनको अन्तिमतिर झरी परेको हो । बाहिरिने समयमा मनसुन फेरि सक्रिय भएको हो । सामान्यतया नेपालमा अक्टोबर २ तारिखमा मनसुन बाहिरिने गर्छ । आज अक्टोबर चार तारिख हो । यसपालि एक हप्ता ढिलो गरी मनसुन बाहिरिने सम्भावना रहेको मौसमविद्को भनाइ छ ।








प्रतिक्रिया दिनुहोस्