काठमाडौ १६ असोज । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा पश्चिम नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस भएको हो ।बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको बताइएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ५।३ म्याग्निच्यूटको भूकम्प गएको हो ।
यस्तै ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर केन्द्रविन्दु भएर पुनः अर्को ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविज्ञ लोकविजय अधिकारीले जानकारी दिए ।हालसम्म भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन ।








प्रतिक्रिया दिनुहोस्