ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति पौडेलमाथि पीडितको प्रश्नैप्रश्न, रिगल आममाफी प्रकरण : भोलिदेखि रिले अनसन घोषणा


एबीसी न्यूज

काठमाडौं, १६ असोज । चेतन मानन्धरको हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकालको आममाफी यतिबेला सर्वत्र आलोचनाको विषय बनेको छ । नवौं संविधान दिवसको अवसरमा मन्त्रिपरिषदको रिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिएका थिए ।

रिगल उक्त घटना हुँदाका बखत नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आवद्ध थिए । हत्या अभियोगमा उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

साथै, उक्त घट्नामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । रिगलमाथि २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा दिउँसो ३ बजेतिर चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो ।

मृतक चेतनकी श्रीमती भारती मानन्धरले आममाफीको विरुद्धमा भोलिदेखि काठमाडौंको माइतीघरमा रिले अनसन सुरु गर्ने घोषणा गरेकी छिन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफूजस्तै आम पीडितको न्यायका लागि आममाफीका विरुद्ध रिले अनशन बस्न लागेको बताइन् ।

ठूला भनिने नेताहरुले नै गुण्डा पालेका कारण पीडकले उन्मुक्ति पाएर पीडित झनै पीडित बन्नुपर्ने अवस्था आएको उनको गुनासो छ । रिगलको पक्षबाट पहिला पनि उक्त घटनालाई दबाउनका लागि धेरै फोन आएको, पैसाको प्रलोभन देखाएको र धाकधम्की दिएको उनको भनाई छ ।

चेतनको न्यायको लागि आफू कुनै धाक, धम्की र प्रलोभनमा नपरी निरन्तर लडिरहने उनको भनाई छ । घटनाको आठ वर्ष भइसक्दा पनि अझै उक्त घटनाबाट बाहिर निस्कन नसकेको अवस्थामा आममाफीले झनै पीडा दिएको उनले बताइन् ।

उक्त घटनादेखि डिप्रेसनको औषधी खाँदै आएकोमा आममाफीले झनै पीडा दिएको उनको भनाई छ ।

“घटना भएको आज आठ वर्ष भयो । तर, आजसम्म म त्यसको पीडाबाट बाहिर निस्कन सकिरहेको छैन । डिप्रेसनको औषधी अझै पनि चलिरहेको छ,” उनले भनिन्, “मनदेखि नै म उहाँलाई निकाल्न सक्दिनँ भने म त्यो घटना कसरी बिर्सन सक्छु रु’”
चेतनको हत्यारा कारागारमा छ भन्दा पनि आफूलाई विगतमा केही राहत महसुस भएको उनको भनाई छ । राष्ट्रपतिले आममाफी दिएर पुरानो घटनाको पीडा फेरि दोहोर्‍याइदिएको उनको आरोप छ ।

“जो मान्छेले मेरो जीवन तहसनहस बनायो, त्यो मान्छे कारागारभित्र छ भन्ने थियो । तर, अहिले राष्ट्रपतिले यो पीडा दोहार्‍याइदिनुभयो । जुन म पहिला पीडामा थिएँ, फेरि दोहोर्‍याइदिनुभयो । पहिलाको दृश्य मेरो आँखामा झलझली भइरहेको छ,” उनले भनिन् ।

हत्यारा छुट्नुले देशमा कानुन नभएको महसुुस भइरहेको उनले बताइन् । केही समय वातावरण शान्त बनाएर पीडकलाई राज्यले फूलमालासहित स्वागत गरेर निकालेको भन्दै उनले आपत्ति जनाइन् । उनले राष्ट्रपतिलाई ‘आममाफी भनेको के हो रु तपाईँलाई त्यो अधिकार कसले दियो रु’ भन्दै प्रश्न समेत गरिन् ।

“राष्ट्रपतिलाई म सोध्न चाहन्छु– आममाफी भनेको के हो रु जसरीे त्यत्रो महिना संघर्ष गरेर हामीले उसलाई कारागार पुर्‍याएको हो, त्यसैगरी आममाफी दिने वा नदिने हामीलाई अधिकार हुनुपर्ने हो । आममाफीको जवाफ मलाई चाहियो,” उनको प्रश्न थियो ।

हत्यारालाई आममाफी हुने हो भने राज्यले आफूलाई पनि हतियार दिनुपर्ने उनको माग छ । आममाफी मिल्ने हो भने आफूपनि मार्नका लागि तयार रहेको उनको भनाई छ । “त्यसो हुन्छ भने हामी पीडित छौं, हामीलाई पनि हतियार देउ । हामी पनि मारेर बस्छौं, आममाफी मिल्छ भने,” उनले भनिन् ।

मनलाग्दी आममाफी दिने सरकारलाई जनताले सबक सिकाउन आवश्यक रहेको उनले बताइन् । उनले आममाफीका विषयमा राष्ट्रपतिलाई प्रश्नैप्रश्न गरिन् । यो घटना तपाईँको छोरी चेलीलाई परेको भए न्याय माग्नका लागि यसरी नै मिडियामा आएर रुने गराउनुहुन्थ्यो भनेर उनले राष्ट्रपतिमाथि प्रश्न गरिन् ।

“यदि मेरो ठाउँमा उहाँ राष्ट्रपति को छोरी चेलिबेटी हुनुहुन्थ्यो भने उहाँले के गर्नुहुन्थ्यो ?  प्रश्न गर्दै उनले भनिन्, “मिडियामा आएर रोएर, कराएर अधिकारको लागि लड्नुपर्ने मेरोजस्तै गराउनुहुन्थ्यो होला त रु यस्तै दिन देखाउनुहुन्थ्यो होला त आफ्ना छोरी चेलीलाई रु जस्तो आज मलाई यो दिन देखाउनुभयो । न्यायका लागि गुहार मान्छे बनाउनुहुन्थ्यो होला त ?

हत्या अभियोगमा जन्मकैदको सजाय पाएको रिगलको आममाफीको घट्नाले आफूले फेरि मरेको महसुस गरेको उनको भनाई छ । रिगलको विरुद्धमा कसैले पनि बोल्ने आँट नगरेको भन्दै उनले आपत्ति जनाइन् ।

“आममाफीको खबर मैले सुनें, म मरिसकेको महसुस गरेको छु । सरकारले उसलाई आममाफी दियो भने मैले कहाँ गएर गुहार माग्ने ?  प्रश्न गर्दै उनले भनिन्, “हत्यारा हो, भोलि उसले हामीलाई पनि मार्छ भन्ने डर र त्रासका कारण कोही पनि बोल्ने आँट गरेनन् । मैले कसैको पनि साथ सहयोग पाएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com