काठमाडौं, १४ असोज । सरकारसँग सहमति भएको २४ घण्टा नबित्दै काठमाडौंमा फेरि स्वास्थ्यकर्मीमाथि कुटपिट छ।
कुटपिट भएपछि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका चिकित्सकसहितका स्वास्थ्यकर्मी आइतबार आन्दोलित भएका छन्।
आइतबार सबेरै बिहान १ बजेतिर काठमाडौं मेडिकल कलेजका चिकित्सक डा। मनिष खड्कासहितका स्वास्थ्कर्मीलाई कुटपिट भएको थियो।
मेडिकल कलेजको नेफ्रो विभागको ओपीडी डा। खड्कासहित इन्टर्नमा रहेका स्वास्थ्यकर्मी कुटिएपछि त्यहाँका कर्मचारी आन्दोलित छन्।
केएमसीका चिकित्सकमाथि कुटपिट स् पक्राउ परे गुल्मीका दुईजना युवा सरकारसँगको सहमतिको मसी नसुक्दै फेरि कुटिए चिकित्सक
डायलाइसिस गर्न आएका बिरामी कुरुवाले पालो ढिलो आएको भनेर चिकित्सकलाई हातपात गरेका थिए।
मध्यराति चिकित्सक कुटिएपछि आइतबार बिहानैदेखि अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित भएका छन्।
उनीहरु अस्पताल परिसर र सिनामंगलस्थित सडकमा उत्रिएर धर्ना बसेका छन्। आन्दोलनका कारण अस्पताल पनि ठप्प छ।
स्वास्थ्यकर्मीहरु आइतबार दिउँसो परेको झरीमा रुझ्दै आन्दोलनमा उत्रिएका थिए। त्यसक्रममा उनीहरुलाई प्रहरीले रोकेको थियो।
सरकारले सुरक्षित कार्यस्थलको ग्यारेन्टी गर्ने भनेपछि शनिबार ६ बुँदे सहमति गरेर चिकित्सकहरु काममा फर्किएका थिए।
कुटपिटमा संलग्न भएको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने युवाहरुमा दुवैजना गुल्मीका रहेका छन्।
काठमाडौं प्रहरी परिसरको टोलीले गुल्मी घर भएर काठमाडौंको चाबहिल बस्ने २२ वर्षीय रुपक गौतम र गुल्मी नै घर भएर सिनामंगल बस्ने ३४ वर्षीय सरोज गौतमलाई पक्राउ गरेको हो।








प्रतिक्रिया दिनुहोस्