ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रवक्ता सापकोटा : चीनसँग भएको भैंसीको मासु निर्यात गर्ने सहमतिले व्यापार घाटा न्यूनीकरण गर्नेछ


एबीसी न्यूज

काठमाडौं, १४ असोज । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनसँग भएको भैंसीको मासु निर्यातको सहमतिले देशको व्यापार घाटा न्युनीकरणका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणबारे जानकारी दिन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्।

उनले भने, ‘भैंसीको मासु निर्यात गर्ने कुरा भएको छ। नेपाल कृषिप्रधान देश हो। त्यसमा पनि पशुको कुरा गर्दा भैंसीपालन नै हो। त्यो हाम्रा लागि प्रचुर सम्भावना छ। यसमा पनि सहमति भएको छ।’

उनले यस विषयमा दूरगामी महत्व, खोज र अनुसन्धान गरेर उत्पादन बढाउनुपर्ने बताए।

‘हामीले यसको दूरगामी महत्व, खोज अनुसन्धान गरेर उत्पादनलाई गुणात्मक ढंगले बढाउन सक्यौं भने हाम्रो व्यापार घाटा न्यूनिकरण गर्न धेरै महत्वपूर्ण भूमिका खेल्नेछ,’ उपाध्यक्ष समेत रहेका प्रवक्ता सापकोटाले भने।

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको क्रममा नेपालमा उत्पादित भैंसीको मासु आयात स्वीकृति तथा अमिलो जातका फलफूल निर्यातको लागि प्रयोगशाला बनाउन चीनले सघाउने उल्लेख छ।

विज्ञहरुले यो सम्झौतालाई ‘कार्यान्वयन गर्न कठिन र रहरका लागि गरिएको सम्झौता’का रुपमा अर्थ्याएका छन्।

नेपाल कृषि अनुसन्धान परिषद्, कृषि अनुसन्धान केन्द्र लुम्लेको ‘व्यावसायिक मासु उत्पादनका लागि पाडापालन प्रविधि’ विषयक प्रकाशनका अनुसार देशको कुल मासु उत्पादनमा भैंसीको योगदान ६५ प्रतिशत छ।

तर, नेपालको भैंसी वा राँगाले मात्रै यहाँको माग धान्दैन। वर्षेनि भारतबाट ठूलो संख्यामा भैंसी–राँगा आयात गरिन्छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com