काठमाडौं, १४ असोज । नेपाल आयल निगमले शनिबार मध्यरातिदेखि लागु हुने गरी बढाएको पेट्रोलियम पदार्थको मूल्य लागू नहुने भएको छ।
आइतबार बसेको मन्त्रिपरिषद्क बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बढेको मूल्य लागू नगर्न निर्देशन दिएका हुन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बढेको मूल्य रोकेर साविककै मूल्य कायम गर्न आयल निगमलाई निर्देशन दिएको बताएकी छन्।
प्रधानमन्त्रीको निर्देशनपछि आइतबार नै आयल निगमले सूचना जारी गरेर पुरानै मूल्य कायम गर्न लागेको उनले बताएकी छन्।








प्रतिक्रिया दिनुहोस्