काठमाडौं, १४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आइतबारका लागि बोलाएको सात दलको बैठक राष्ट्रिय स्वतन्त्र पार्टीले बहिष्कार गरेको छ।
चाडपर्वको मुखमा उपभोक्ताहरूको ढाड सेक्नेगरी मूल्यवृद्धि गरेको विरोधमा रास्वपाले बैठक बहिष्कार गरेको हो।
‘चाडपर्वहरूको मुखमा आम उपभोक्ताहरूलाई मार पर्नेगरी सरकारले गरेको मूल्यवृद्धिप्रति हाम्रो गम्भीर आपत्ति छ’, रास्वपा सभापति रवि लामिछानेले भनेका छन्, ‘यसको विरोधस्वरूप आज प्रधानमन्त्रीज्यूले बोलाउनु भएको अन्य विषयको बैठक हामीले बहिष्कार गरेका छौँ।
थप कार्यक्रमबारे जानकारी दिनेछौँ।’ शनिबार राति १२ बजेदेखि लागू हुनेगरी खाना पकाउने ग्यास तथा पेट्रोलमा भारी मूल्यवृद्धि गरिएको छ।
दसैँको मुखमा चर्को मूल्यवृद्धि, साउनयता मात्र ४५० रुपैयाँ महँगियो ग्यास
साता लामो चीन भ्रमण सकेर शनिबार मात्र स्वदेश आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजैका लागि सात दलको बैठक बोलाएका छन्।








प्रतिक्रिया दिनुहोस्