काठमाडौं, १३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड साता लामो चीन भ्रमण सकेर आज (शनिबार) स्वदेश फर्किएका छन्। यस क्रममा उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी चीन भ्रमणका क्रममा भएका भेटवार्ता, सम्झौतालगायत विषयमा संक्षिप्त जानकारी गराए।
उनले चीन भ्रमण उपलब्धिमूलक भएको दाबी गरे। भ्रमणका क्रममा चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँगका भेटवार्ताले नेपाल–चीन सम्बन्धलाई थप बलियो बनाएको उल्लेख गर्दै उनले विगतमा दुई देशबीच भएका सम्झौता अब कार्यान्वयन हुने विश्वास दिलाए।
पढ्नुहोस् प्रधानमन्त्रीले विमानस्थलमा बोलेको पूर्णपाठ–
प्रतिक्रिया दिनुहोस्