ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले बागमतीको अध्यक्षमा ढुंगेल, सचिवमा पूर्व डिआजी सिलवाल विजयी, को को पदाधिकारी बने ?


ABC NEWS

काठमाडौं १३ असोज । नेकपा एमाले बागमती प्रदेश कमिटीको शुक्रबार सम्पन्न पहिलो अधिवेशनमा निर्वाचन प्रक्रियाबाट पदाधिकारीको चयन भएको। छ।

अध्यक्षमा रामेछापका कैलाश ढुंगेल विजयी भएका छन्। ढुंगेल विजयी हुँदा मकवानपुरका कृष्णप्रसाद दाहाल पराजित भए।

ढुंगेलले ६९६ मत ल्याउँदा पराजित भएका दाहालले ४३९ मतमा ल्याएका थिए ।

बागमती प्रदेश सरकारको अघिल्लो कार्यकालमा आर्थिक मामिला तथा योजना मन्त्री बनेका ढुंगेललाई बालकोट (अध्यक्ष केपी शर्मा ओली) ले सर्वसम्मत अध्यक्ष बनाउन चाहेका उमेद्वार थिए।

ढुंगेललाई अध्यक्ष बनाउन ओलीनिकट पोलिट्व्यूरो सदस्य महेश बस्नेतसहितका नेताहरु खुलेर लागेका थिए।

तीन दिनसम्म अध्यक्ष ओली लगायत उनीनिकटका नेताहरु मकवानपुरका दाहालको उम्मेदवारी फिर्ता गराउने प्रयासमा जुटिरहेका थिए। तर दाहालले कुनै हालतमा निर्वाचनमा होमिने निर्णय सुनाएपछि मतदान भएको हो।

वाम गठबन्धनबाट २०७४ मा प्रदेशसभा तय गरेका उनी एमाले–माओवादीको गठबन्धन सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री भएका थिए।

प्रतिनिधि सभामा भने तीनपटक उम्मेदवार बनेका उनी लगातार पारजित भएका थिए । ढुंगेल ४ मंसिर २०७९ मा सम्पन्न प्रतिनिधि निर्वाचनमा कांग्रेसका पूर्णबहादुर तामाङसँग पराजित भएका थिए।

सचिवमा पूर्व डिआइजी नवराज सिलवाल १ मत बढीले विजयी
सचिवमा पूर्व डिआइजी नवराज सिलवाल एक मत बढीलेविजयी भएका छन् । सिलवाल ढुंगेल प्यानलका हस्त पण्डितभन्दा १ मत धेरैले विजयी भएका हुन्। सिलवालले ५६८ मत पाउँदा पण्डित ५६७ मत ल्याउँदै पराजित भए।

उपाध्यक्षमा दावादोर्जे लामाले विजयी भएका छन् । उनी अध्यक्षमा विजयी ढुंगेल प्यानलका हुन्। उनलेले ६१५ मत प्राप्त गरे।

उता सचिवमा भने अध्यक्षमा पराजित दाहाल प्यानलका पूर्व डिआजी नवराज सिलवाल विजयी भएका छन्। सिलवाल ढुंगेल प्यानलका हस्त पण्डितभन्दा १ मत बढीले विजयी भएका हुन्। सिलवालले ५६८ मत पाउँदा पण्डित ५६७ मत ल्याउँदै पराजित भए।

खुला उपसचिवमा ढुंगेल प्यानलबाट प्रेमकुमार महर्जन ५९९ मतसहित विजयी भएका छन्। महिला उपसचिवमा दाहाल प्यानलकी भक्तकुमारी लामा ५३६ मतसहित विजयी भएकी छन्।

शुक्रवार दिउँसो सवा १ बजेदेखि सुरू भएको मतदान साँझसम्म भएको थियो। ११७२ जना मतदातामध्ये ११३१ जनाले हालेका थिए। ४१ जना अनुपस्थित भएको निर्वाचन समितिका संयोजक डिल्ली मैनालीले बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com