ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिन्धुली दुर्घटना अपडेट : गर्भवती शिक्षिकासहित १० घाइते, केही शिक्षकको अवस्था गम्भीर


एबीसी न्यूज

काठमाडौं, १२ असोज । राहत शिक्षकको काठमाडौंमा जारी आन्दोलनमा सहभागी हुन आउँदै गरेका शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा घाइते भएका ९ शिक्षकमध्ये केहीको अवस्था रहेको प्रहरीले जनाएको छ।

बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका(३ बोहोरेटारमा शिक्षकहरु सवार मधेश प्रदेश ०४(००१ ज ००६२ नम्बरको इलेक्ट्रिक भ्यान शुक्रबार बिहान करिब ८ बजे दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दिएको जानकारी अनुसार घाइतेमध्ये कमलामाई नगरपालिका( १ घर भएका ३४ वर्षीय मुकुन्द थापाको अवस्था गम्भीर छ। उनको टाउकोमा गहिरो चोट रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवि दाहालले जानकारी दिए।

दुर्घटनामा कमलामाई( ६ घर भएका शिक्षक ४६ वर्षीय निरकुमार चालिसेका दुबै हात भाँचिएका छन् भने शरीरको विभिन्न भागमा चोट छ।

दुर्घटनामा काभ्रेको बनेपा नगरपालिका( १० गर्भवती ४० वर्षीया गार्की बस्नेत पनि पनि घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी सिन्धुलीकै तीनपाटन गाउँपालिका( १० का ४० वर्षीय राजन कार्कीको दाहिने हात र बायाँ खुट्टा दुर्घटनामा भाँचिएको छ।

दुर्घटनामा सिन्धुलीको कमलामाई( ५ कि ४६ वर्षीया कमला घिमिरे, कमलामाई( १ का ४१ वर्षीय भुवन थापा, कमलामाई( ४ कि ४० वर्षीया बबिता देवकोटा, कमलामाई( ६ का ६४ वर्षीय विष्णु ढकाल, उनका छोरा ११ वर्षीय निश्चल ढकाल र सोही ठाउँका ४० वर्षीय सरोज थापा घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले दिएको जानकारी अनुसार भ्यान दुर्घटनामा ९ जना शिक्षक घाइते भएका छन्। भ्यानमा चालकसहित ११ जना सवार थिए।

‘बोहोरेटारको साँघुरो टर्निङमा भ्यान सडकबाट तल खसेर दुर्घटनामा परेको छ,’ एसपी सिलवालले नेपालखबरसँग भने, ‘दुर्घटनाका घाइतेलाई धुलिखेलतर्फ लगिएको छ। घाइते अझै अस्पताल पुगिसकेका छैनन्।’

काठमाडौंमा जारी राहत शिक्षकको आन्दोलनमा सहभागी हुन सिन्धुली सदरमुकामबाट काठमाडौं आउँदै गरेका राहत शिक्षक चढेको भ्यान दुर्घटनामा परेको हो।

दुर्घटनापछि भ्यान चालक सिन्धुलीको कमलामाई नगरपालिका( ८ का २६ वर्षीय तेजबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com