काठमाडौं, ११ असोज। काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको तिब्बत स्वशासित क्षेत्रमा रहेको कैलाश पर्वत र मानसरोवरको भ्रमण गरेका छन् ।
ल्हासाबाट कैलाश मानसरोवर पुगेका प्रधानमन्त्री प्रचण्डले त्यहाँ आफ्नो एकल फोटो पनि खिचाएका छन् ।
कैलाश मानसरोवर हिन्दु र बौद्ध धर्मावलम्बीहरुको अति पवित्र स्थल मानिन्छन् । भगवान शिवको बस्ने घर नै कैलाश पर्वत भएको विश्वासमा हिन्दुहरुले कैलाश पर्वतको दर्शन गर्न लालायित हुन्छन् ।
संयोग नै मान्नुपर्छ प्रधानमन्त्री प्रचण्डले एकवर्षको बीचमा शिवसँग सम्बद्ध भारत, नेपाल र चीनका तीन अति पवित्रस्थलहरुको भ्रमण गरेका छन् ।
भारत भ्रमणका क्रममा उज्ज्जेनस्थित महाकालेश्वर मन्दिरको दर्शन गरेका प्रचण्डले केही समयअघि पशुपतिनाथको पनि दर्शन गरेका थिए । अहिले उनले कैलाश पर्वतको दर्शन गरेर धार्मिक रुपमा पनि अति पवित्र तीर्थस्थलहरुको भ्रमण चक्र पुरा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्